सोमबार, चैत ९, २०८२

त्रिविमा ७७ जना प्राविधिक अधिकृतका लागि जागिर खुल्याे

त्रिभुवन विश्वविद्यालयले सूचना प्रविधितर्फ प्राविधिक अधिकृत र मुख्य प्राविधिक सहायक गरी ७७ जनाका लागि विज्ञापन आह्वान गरेको छ।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले सूचना प्रविधितर्फ प्राविधिक अधिकृत र मुख्य प्राविधिक सहायक गरी ७७ जनाका लागि विज्ञापन आह्वान गरेको छ। त्रिवि सेवा आयोगको कार्यालयले मंगलबार सूचना निकालेर १० जना प्राविधिक अधिकृत र ६७ जना मुख्य प्राविधिक सहायक मागेको हो।

प्राविधिक अधिकृततर्फ ६ जना खुला, एक महिला, एक आदिवासी जनजाति, एक मधेसी र एक दलित कोटाका लागि विज्ञापन खुलेको छ। यस्तै मुख्य सहायकतर्फ ३७ जना खुला, १० जना महिला, आठ जनना आदिवासी जनजाति, सात जना मधेसी, तीन जाना दलित र एकएक जना अपांग तथा पिछडिएका क्षेत्रका लागि विज्ञापन खुलाइएको हो। अधिकृत तृतीय श्रेणीका लागि दुई हजार ८ सय र सहायक प्रथम श्रेणीका लागि दुई हजार दस्तुर लाग्नेछ।

प्रकाशित: Jun 29, 2021| 06:33 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्