काठमाडौं- मध्यपश्चिम विश्वविद्यालयले स्नातक र स्नात्तकोत्तर तहको परीक्षा फारम आवेदन खुला गरेको छ। विश्वविद्यालयले परीक्षा फारम अनलाइन मार्फत भरेर बुझाउन विश्वविद्यालयले सूचित गरेको हो।
विश्वविद्यालयले स्नातक दोस्रो, चौथो र छौठौं तहको परीक्षा आवेदन फारम खुला गरेको छ। परीक्षा फारम विद्यार्थीले असार १६ गतेदेखी ३० गतेसम्म भर्न सक्नेछन् भने ३० गतेपछि अतिरिक्त शुल्क तिरेर साउन २ गतेसम्म बुझाउन सक्ने परीक्षा व्यवस्थापन कार्यालयले सूचनामार्फत जनाएको छ।
