सोमबार, वैशाख ८, २०८२

टेकु अस्पतालमा १४ वर्ष काम गरेपछि निर्देशक भएका डा. अनुप बास्तोला भन्छन्– देखेका सपना सार्थक बनाउनु छ

सोमबार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा प्रमुख कन्सल्टेन्टका रूपमा काम गर्दै आएका डा. अनुप बाँस्तोलालाई निर्देशकको जिम्मेवारी दिएको छ।
 |  मंगलबार, असार १५, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, असार १५, २०७८

vianetvianet

काठमाडौं- डेढ वर्षअघिसम्म दिउँसो २ बजे नै सुनसान हुने टेकु अस्पताल (शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल)मा यतिबेला चौबिसै घण्टा चहलपहल हुन्छ। कोरोना संक्रमणका कारण अस्पतालका स्वास्थ्यकर्मीलाई कुनै समय पनि फुर्सद छैन। कोरोना संक्रमणपछि सरकारले अस्पताललाई कोरोना फोकस अस्पताल बनाएपछि टेकु अस्पताल सधैँ चर्चामा छ। 

triton college

महामारीमा ठूलो भरोसा बनेको अस्पतालमा सोमबार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालकै प्रमुख कन्सल्टेन्टका रूपमा काम गर्दै आएका डा. अनुप बाँस्तोलालाई निर्देशकको जिम्मेवारी दिएको छ।

निर्देशक भएपछि डा. बास्तोलाको भनाइ उनकै शब्दमा:
टेकु अस्पताल महामारीमा मानिसहरुले सम्झिने अस्पताल हो। यो जनताको अस्पताल हो। अहिले कोरोना महामारीसँग जुधिरहेको छ। यसभन्दा अगाडि पनि विभिन्न महामारीलाई अस्पतालले सामना गरिसकेको छ। तर अब महामारी र अन्य केही सरुवा रोगको मात्रै उपचार गरेर पुग्दैन। 

१४ वर्ष टेकु अस्पतालमा काम गर्दा खड्किएका र अस्पताललाई आवश्यक पर्ने विषयमा नै मेरा निर्णय हुनेछन्।

सरुवा रोग अस्पतालमा सबै खाले सरुवा रोग लागेका व्यक्तिहरुको उपचार हुनुपर्ने हो। तर हामीले झाडापखाला, कालाजार, मलेरिया, डेंगुलगायतका केही रोगका मात्रै यो अस्पतालले उपचार गरेर पुग्दैन। सरुवारोग यतिमा मात्रै सीमित छैन। यसका धेरै पाटाहरु छन्। उदाहरणका लागि प्रत्यारोपण गरेका मानिसमा देखिने सरुवा रोगहरु, क्यान्सर बिरामीमा देखिएका सरुवा रोगलगायत अन्य रोगमा देखिने सरुवार रोगको पनि उपचार गर्नुपर्ने केन्द्र टेकु अस्पताल हुनुपर्ने हो। तर यो हुन सकिरहेको छैन। समग्रमा यसमा धेरै कुरा गर्न बाँकी छ। 

National life insurance

जनशक्ति, पूर्वाधार र आवश्यक प्रयोगशालालगायतका पूर्वाधारमा कुनै पनि कमी हुनुहुँदैन। त्यसको खाका हामीले कोर्नुपर्ने भएको छ। अस्पताल सुधारका लागि गर्नुपर्ने कुरा धेरै छ। मलाई गर्न मन लागेको कुरा धेरै छन्। अहिल्यै यो गर्छु, त्यो गर्छु भन्ने तर पछि गर्न सकिएन भने मजा हुँदैन। त्यसैले हाम्रो टिमले सुधारका लागि केही पक्कै गर्नेछ। 

अस्पतालको सेवा तथा प्रशासनिक व्यवस्थापनको पाटो चुनौतीपूर्ण छ। तर हामी निरन्तर गर्नेछौं। मानव  संसाधन व्यवस्थापन, शय्या व्यवस्थापन, संस्थागत सहयोग तथा सहकार्यका कुरा गर्नुपर्ने छ। अन्य देशका विश्वविद्यालयसँग सहकार्य गरी काम गर्ने योजना छ। तर त्यो कतिको सहज हुन्छ थाहा छैन, मैले अहिले मनमनै योजना बनाएको मात्रै हो। बोलेर मात्रै हुँदैन। लक्ष्य, उद्देश्य र रणनीति भन्नेकुरा लेख्ने र कार्यान्वायन गर्ने हो, बोलर मात्रै त हुँदैन। यो मेरा लागि दिर्घकालीन कुर्ची पनि होइन। अस्पताल अगाडि बढाएर छोड्न पाए पछि आउने नेतृत्वले त्यसलाई निरन्तरता दिन्छ भन्ने आशा हो। 

टेकु अस्पताल सिकाइको केन्द्र बन्नुपर्छ। अब अन्य बिरामीलाई कसरी तान्ने भन्ने विषय छ, हाम्रो चाहना गरिब जनता यहाँ आएर सुविधा पाउन सकुन्, सरुवा रोगको लागि कहाँ जाने भन्दा टेकु अस्पताल जाने भन्ने मानसिकता विकास गराउनुपर्छ। जनताले टेकु अस्पतालमा जाँदा सुरक्षित महसुस गर्न सकुन्। 

निर्देशकको कुर्चीमा बस्नु जति सहज देखिन्छ, जिम्मेवारी धेरै गह्रौं हुन्छ। 

म आँफै यस अस्पतालमा चिकित्सक भएर आएको धेरै वर्ष भइसकेको छ। यो अवधिमा धेरै कुरा सुधार गर्नुपर्ने देखेको छु। म अस्पतालको चिकित्सक मात्रै हुँदा बिरामीले मलाई धेरै कुरा भनेका छन्। उनीहरूका समस्या मैले सुनेको छु, उनीहरुका आँशु देखेको छु। पीडा महसुस गरेको छु। उनीहरुका गुनासा सम्बोधन गरिनुपर्छ। 

हामीले सेवा प्रवाहलाई राम्रो बनाउनुपर्छ। त्यसपछि संस्थाको विकास, मानव संसाधन कसरी चलायमान बनाउने, अन्य संस्थासँग कसरी सहकार्य गर्ने, बाहिरका मानिसलाई पनि कसरी यहाँ अध्यायन गराउने भन्ने विषयमा धेरै योजना बनाउनु छ। म निर्देशक भएको बल्ल दुई दिन भएको छ, अहिले धेरै भन्नु भन्दा पनि पहिला योजना बनाउन दिनुस्। त्यसपछि कार्यान्वयन गर्दै लैजानुपर्छ। निर्देशकको कुर्चीमा बस्नु जति सहज देखिन्छ, जिम्मेवारी धेरै गह्रौं हुन्छ। 

अस्पताल विकास तथा सुधारका लागि मैले धेरै सपना बुनेको छु। धेरै प्रयासहरु गरेको छु, सार्थक बनाउन मेरा कोसिस हुनेछ। मैले गर्ने प्रयासमा कुनै कमी हुन दिने छैन। म काम गर्दै जानेछु। बोल्नु भन्दा म जति गर्छु काम गरेर देखाउँछु। १४ वर्ष टेकु अस्पतालमा काम गर्दा खड्किएका र अस्पताललाई आवश्यक पर्ने विषयमा नै मेरा निर्णय हुनेछन्।

अस्पतालमा आएका बिरामीको कुनै पनि परीक्षणको लागि बाहिर जाने स्थिति नआओस्, उपचारको लागि सम्पूर्ण सुविधा एकै ठाउँमा हुने गरी सुधार गर्दै लैजानेछु। अस्पतालको सुधार त्यहाँबाट सुरु हुनेछ। तत्कालको लागि भने कोभिड संक्रमितको व्यवस्थापनमा नै पहिलो प्राथमिकतामा पर्छ, टेकु अस्पताल महामारीको बेला सम्झिइएको अस्पताल हो। 

अब टेकु अस्पतालले महामारी र अन्य केही सरुवा रोगको मात्रै उपचार गरेर पुग्दैन। 

अरुबेला त्यति प्राथमिकतामा टेकु अस्पताल पर्दैन। यसको भ्याल्यु के हो? कस्तो संस्था बन्नुपर्ने हो? यसको अवधारणा के हो? भविष्यमा कस्तो बनाउने भन्नेमा योजना र कार्यान्वायन हुँदै जानेछन्। 

महामारीको अर्को लहर आउनुपुर्व नै त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा तयारी छौं। अगाडिको महामारीमा कहाँ चुक्यौं, कसरी राम्रो गर्न सकिन्छ भन्ने कुराको हामीलाई अनुभव भएको छ। सोही अनुसार काम गर्दै जानेछौं।

प्रकाशित: Jun 29, 2021| 15:10 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्