शुक्रबार, कात्तिक १४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौंका अतिक्रमित र मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने अल्टिमेटम

काठमाडौंका अतिक्रमित र मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने अल्टिमेटम

 |  शुक्रबार, कात्तिक १४, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०८२

काठमाडौं- काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीत निर्माण भएका संरचना सात दिनभित्र हटाउन निर्देशन दिएका छन्।

Kumaribank

दुवै निकायको गत असोज २ गते बसेको संयुक्त बैठकको निर्णयअनुसार बिहीबार जारी गरिएको अत्यन्त जरुरी सूचनामा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४५ र ९७ का प्रावधान उल्लेख गर्दै यस्ता संरचना कानुन विपरीत रहेको जनाइएको छ।

सूचनामा भनिएको छ, “भवनजन्य संरचना निर्माण गर्दा ऐनको परिच्छेद ७ र दफा ४५ विपरीत कार्य नगर्नु पर्ने र सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास र व्यवस्थापन गर्ने दायित्व स्थानीय तहको भएकाले सात (७) दिनभित्र यस्ता संरचना स्वेच्छाले हटाई सहयोग गर्न अनुरोध गरिन्छ।”

महानगर र विकास प्राधिकरणले निर्धारित समयभित्र संरचना नहटाए कारबाही गरी बाध्यतापूर्वक खाली गराइने चेतावनी दिएका छन्।

त्यस्तै, सूचनामा सर्वसाधारणलाई पनि यस्ता अतिक्रमित स्थान र मापदण्ड विपरीतका संरचनाबारे जानकारी गराउन आग्रह गरिएको छ।

Metro Mart

प्रकाशित: Oct 31, 2025| 08:21 शुक्रबार, कात्तिक १४, २०८२
प्रतिक्रिया दिनुहोस्