आइतबार, साउन १७, २०८३

टेकु अस्पतालको फार्मेसी अब चौबिसै घण्टा खुला

नवनियुक्त डा अनुप बाँस्तोलाले बिरामीको आवश्यकतालाई दृष्टिगत गरी अस्पताल हाताभित्र सञ्चालनमा रहेको फार्मेसी अब चौबिसै घण्टा खुला गर्ने निर्णय गरेका हुन्। 
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको फार्मेसी २४ सैं घण्टा खुला हुने भएको छ।

नवनियुक्त डा अनुप बाँस्तोलाले बिरामीको आवश्यकतालाई दृष्टिगत गरी अस्पताल हाताभित्र सञ्चालनमा रहेको फार्मेसी अब चौबिसै घण्टा खुला गर्ने निर्णय गरेका हुन्। 

यसका साथै रेडियोलोजी अन्तर्गत सीटी स्क्यान सेवामा सीटी एन्जिओग्राफी परीक्षण सेवा पनि अस्पतालमा थप गर्ने निर्णय भएको डा बास्तोलाले जानकारी दिए। सीटी एन्जिओग्राफी परीक्षणका लागि ६ हजार ५ सय शुल्क लाग्ने अस्पतालले जानकारी दिएको छ। 

प्रकाशित: Jun 29, 2021| 14:48 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्