आइतबार, साउन १७, २०८३

नेपालमै इन्टर्नसिपको वातावरण मिलाउन चीनमा एमबीबीएस पढेका विद्यार्थीको आग्रह

चीनमा एमबीबीएस अध्ययन पूरा गरी नेपालमै रहेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप गर्ने वातावरण मिलाइदिन आग्रह गर्दै चिकित्सा शिक्षा आयोगमा निवेदन परेको छ। 
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

काठमाडौं- चीनमा एमबीबीएस अध्ययन पूरा गरी नेपालमै रहेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप गर्ने वातावरण मिलाइदिन आग्रह गर्दै चिकित्सा शिक्षा आयोगमा निवेदन परेको छ। 

चीनमा एमबीबीएस अध्ययन पूरा गरेका सन् २०१४ का विद्यार्थीले डेढ वर्षदेखि इन्टर्नसिप गर्न पाएका छैनन्। उनीहरुले नेपालमा नै इन्र्टनसिप गर्ने वातावरण मिलाउन आग्रह गरेका हुन्। फेडेरेसन अफ नेप्लिज मेडिकल स्टुडेन्टले चिकित्सा शिक्षा आयोगलाई पत्रचार गर्दै यो अनुरोध गरेको हो।

कोरोना महामारीले गर्दा अध्ययन पूरा भएको डेढ वर्षसम्म पनि इन्टर्नसिप पुरा गर्न नपाएको विद्यार्थीहरुको गुनासो छ। उनीहरुले चीनका विभिन्न मेडिकल कलेजमा अध्यायन पूरा गरी ८ महिनाको इन्र्टनसिप पुरा गरेका छन्। बाँकी रहेको ४ महिनाको लागि नेपालमै सो व्यवस्था मिलाउन आग्रह गरेका हुन्।

सन् २०१४ ब्याचमा नेपाली विद्यार्थी १५२ जना छन्। उनीहरुमध्ये ५५ जना विद्यार्थी २०७६ फागुनमा चीनमा कोरोना संक्रमण फैलिएपछि सरकारले नै उद्धार गरि ल्याएको थियो। 

No description available.

प्रकाशित: Jul 02, 2021| 12:04 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्