नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दौडधुप सुरु भएको छ। यसका लागि सत्ता साझेदार दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेस निकट व्यक्तिहरु लागिपरेका छन्।
सरकारले ५ प्रतिशत ब्याज अनुदान दिने गरी युवा वर्ग स्वरोजगार कर्जा दिने व्यवस्था गरेको छ। तर, यो व्यवस्था कार्यान्वयन भएको करिब तीन बितिसक्दा पनि यो शीर्षकमा बैंक तथा वित्तीय संस्थाहरुले...
नेपाल राष्ट्र बैंकले ९.३ प्रतिशतभन्दा बढी ब्याज नलिन बैंकहरुलाई निर्देशन दिएको छ। केन्द्रीय बैंकले बुधबार मौखिक निर्देशन दिँदै ब्याजदरको अधिकतम सीमा तोकिदिएको हो।
कात्तिक १ देखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाहरुले आफूखुसी ब्याजदर बढाएपछि राष्ट्र बैंकले बैंकहरुको व्याजदरमाथि नियन्त्रणात्मक नीतिगत व्यवस्था गरेको हो।
सरकारले अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गर्दाको हकमा जम्मा ३५ दिन र राष्ट्रिय स्तरको बोलपत्रको हकमा जम्मा २१ दिनको अवधिमात्र दिइने गरी सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्ने भएको छ।