शनिबार, असोज १७, २०८३

वार्षिकोत्सवको अवसरमा एभरेष्ट बैंकको रक्तदान

एभरेष्ट बैंकले आफ्नो २७औँ वार्षिकोत्सवको अवसरमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरेको छ ।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

काठमाडौं– एभरेष्ट बैंकले आफ्नो २७औँ वार्षिकोत्सवको अवसरमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरेको छ । बैंकका ५० भन्दा बढी कर्मचारीहरू तथा ग्राहकहरूले रक्तदान गरेका थिए ।

त्यसैैगरी, १०० भन्दा कर्मचारीहरू तथा ग्राहकहरूले निःशुुल्क स्वास्थ्य जाँच गराएको पनि जनाइएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुर महानगरपालिकासँग शंखमूलस्थित घाटमा विद्युतीय शवदाह उपकरण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हस्ताक्षर गरेका छन् । कार्यक्रममा बैंकमा २५ वर्ष सेवा गरेका कर्मचारीलाई बैंकले सम्मान गरेको थियो ।


प्रकाशित: Oct 19, 2021| 16:15 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्