शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिटी एक्सप्रेसद्वारा पाँच जना लखपति विजेताहरुको नाम घोषणा

सिटी एक्सप्रेसद्वारा पाँच जना लखपति विजेताहरुको नाम घोषणा

सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी आयो लखपति बनायो योजना अन्तर्गत पहिलो महिनाको पाँच भाग्यशाली विजेताको नाम घोषणा गरेको छ ।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी आयो लखपति बनायो योजना अन्तर्गत पहिलो महिनाको पाँच भाग्यशाली विजेताको नाम घोषणा गरेको छ ।

सोही योजना अन्तर्गत ५ जनाले जनही रु १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी गराएको छ । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा जापानबाट रेमिट्यन्स पठाउने अन्जु घले, साउदीबाट यमलाल भुसाल, कुवेतबाट मीन कुमार श्रेष्ठ र जानुका चौलागाइँ साथै अन्तिममा दुबईबाट रेमिट्यान्स पठाउने उमेश यादव गरी ५ जना लखपति बन्न सफल भएका छन्।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले २०७८ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने सिटी आयो लखपति बनायो उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो ।


प्रकाशित: Oct 19, 2021| 17:43 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्