शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकको १४औं वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई सहयोग

सनराइज बैंकको १४औं वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई सहयोग

सनराइज बैंकले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई सहयोग गरेको छ।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

काठमाडौं–  सनराइज बैंकले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई सहयोग गरेको छ। 

बुधबार नेपाल बाल संगठन, बाल मन्दिर नक्सालस्थित भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल बाल संगठन, बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलार्ई चेक हस्तान्तरण गरेका थिए। बैंकले सधै झै आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्य सामग्री, लत्ताकपडा आदि वितरण गर्दै आएकोमा यस वर्ष दशैंमा बालबालिकाको लागि नयाँ कपडा किन्नको लागि नगद एक लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने प्रमुख कार्यकारी अधिकृत शर्माले बताए।

त्यसैगरी बैंकको गण्डकी प्रदेश कार्यालयको अगुवाइमा गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान र सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको सहभागितामा अमोर सेवा नेपाललाई नगद र खाद्यसामाग्री वितरण गरेको छ । यसै गरी बैंकको लुुम्बिनी प्रदेशबाट वीरेन्द्र मा।वि, रुपन्देहीको दृष्टि बिहिन संकायको भवन निर्माणको लागि पनि आर्थिक सहयोग गरेको छ ।

यसै गरी बैंकको वीरगंज शाखाको सहभागितामा भिश्व डाँडामा र आश्विन १७ गतेका दिन बैंकको लम्की शाखा, भजनी शाखा र टीकापुर शाखाको सहभागितामा टीकापुरको शिव मन्दिर सरसफाई गरेको छ । उक्त कार्यक्रमहरुमा नियमित सरसफाई कायम राख्न डस्टबिन लगायतका सरसफाईका सामाग्रीहरु पनि हस्तान्तरण गरिएको छ । बैंकले आफ्नो १४औ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग कार्य गर्दै आएको छ ।  

प्रकाशित: Oct 19, 2021| 17:40 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्