काठमाडौं– दसैंको बेलामा अनलाइन भुक्तानी कारोबारमा वृद्धि आएको छ ।
विद्युतीय भुक्तानी प्रयोगको वृद्धिसँगै एनसीएचलले सञ्चालन गर्दै आएको कनेक्टआईपीएसबाट दसैँको अवधिमा नौ अबै दुई करोड रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त कारोबार पछिल्लो वर्षको दसैँको तुलनामा ३१७ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।
चाडपर्वको समयमा मोबाइलबाट गरिने रकम ट्रान्सफरलाई थप सहज गर्न कनेक्टआईपीएसको मोबाइल एप वा कुनै पनि बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङबाट गरिने रकम ट्रान्सफरमा लाग्ने कारोबार शुल्क असोज २० देखि कात्तिक २५ सम्म पूर्ण रूपमा निःशुल्क गरिएको छ ।