शुक्रबार, असोज १६, २०८३

सेयर बजार दोहोरो अंकले ओरालो

बिहीबार नेप्से परिसूचक १४ दशमलव ७० अंकले घटेर दुई हजार ५५६ दशमलव ९५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौं- साताको अन्तिम बिहीबार कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बिहीबार नेप्से परिसूचक १४ दशमलव ७० अंकले घटेर दुई हजार ५५६ दशमलव ९५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो। 

बिहीबार २१६ कम्पनीको ६ करोड १० लाख ६ हजार ४५२ कित्ता सेयर कारोबार हुँदा कुल दुई अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँको सेयर कारोबार भएको छ। बिहीबार सबैभन्दा धेरै कारोबार गर्नेमा सानिमा बैंक रहेको छ। बैंकको आज २७ करोड १२ लाख ९७ हजार ६०९ दशमलव ८० रुपैयाँको कारोबार भएको छ।

बिहीबार अन्य र म्युचल फण्डको समूह मात्रै हरियो देखिएका छन्। व्यापार, विकास बैंक, फाइनान्स समूहको सूचक दुई प्रशितभन्दा धेरैले ओरालो लागेको छ। 

त्यसैगरी, आज सबैभन्दा धेरै फाइदा कमाउनेमा मेरो सेयरका लगानीकर्ता रहेका छन्। लघुवित्त १४४ दशमलव ८० अंकले फाइदामा गएको छ। 

त्यस्तै, बिहीबार सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा जोशी हाइड्रोपावरका लगानीकर्ता रहेका छन्। कम्पनी माइनस १७ दशमलव ६० अंकले घाटामा गएको छ।

प्रकाशित: Oct 21, 2021| 15:53 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्