शनिबार, वैशाख २७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एक महिनाभित्र नेपाली श्रमिक इजरायल जान पाउने, यस्तो छ तयारी

एक महिनाभित्र नेपाली श्रमिक इजरायल जान पाउने, यस्तो छ तयारी

स्वास्थ्य जाँच र रोजगार सम्झौताबाहेक सबै प्रक्रिया सकिएकाले अबको एक महिनाभित्रमा कामदार इजरायल पुग्ने वैदेशिक रोजगार विभागले जनाएको छ।
 |  शुक्रबार, कात्तिक ५, २०७८
nespernesper

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

शुक्रबार, कात्तिक ५, २०७८

vianetvianet

काठमाडौं– नेपाली श्रमिकलाई इजरायल पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। स्वास्थ्य जाँच र रोजगार सम्झौताबाहेक सबै प्रक्रिया सकिएकाले अबको एक महिनाभित्रमा कामदार इजरायल पुग्ने वैदेशिक रोजगार विभागले जनाएको छ। 

triton college

विभागका अनुसार स्वास्थ्य जाँचअन्तर्गत कुन–कुन रोगको जाँच गराउने र त्यसको मापदण्ड के हुने भन्ने विषय तय हुन बाँकी छ। ‘यसको ढाँचा इजरायल सरकारले नै बनाउने हो, काम हुँदैछ भन्ने जानकारी पाएका छौं, सायद चाँडै ढाँचा आउँछ। त्यसपछि स्वास्थ्य जाँच प्रक्रिया अघि बढ्छ,’ वैदेशिक रोजगार विभागका इजरायल शाखा प्रमुख डम्बरबहादुर सुनुवारले भने।

स्वास्थ्य जाँच पास हुनेहरुसँग तुरुन्तै श्रम सम्झौता गर्ने र सम्झौता भएको एक महिनाभित्र इजरायल पठाइने उनले बताए। उनका अनुसार इजरायलको पपुलेसन एन्ड माइग्रेसन अथोरिटी (पिवा)बाट रोजगार सम्झौता गरेका युवाको नामावली आउने क्रममा रहेकाले नेपालले गर्ने अन्य प्रक्रियाका लागि काम भइरहेको छ।

पिवाको समन्वयमा विभागले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार पिवाले छनोट भएका युवाको रोजगार सम्झौताको काम सकेपछि नेपाली पक्षबाट गरिने प्रक्रिया सुरु गरिने छ। ‘रोजगार सम्झौता भएका युवाको स्वास्थ्य परीक्षण, प्रहरी प्रतिवेदन (आचरण प्रतिवेदन), करारनामा र पूर्वप्रस्थान अभिमुखीकरण लगायतका काम सुरु गरिने छ,’ सुनुवारले भने। 

पहिलो चरणमा कति श्रमिक पठाउने भन्ने सम्बन्धमा समेत पिवासँग छलफल गरी तय हुने विभागले जनाएको छ। इजरायलले हाल अन्तिम चरणमा छनोट भएका नेपालीको रोजगार सम्झौता, भिसा र अन्य प्रक्रियाका बारेमा काम गरिरहेको छ।

National life insurance

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक कामदारको अन्तिम छनोटका लागि नेपालले पिवालाई उपलब्ध गराएको योग्यताक्रम सूचीका १ हजार ६ सय जना उम्मेदवार मध्येबाट १ हजार १ सय ७५ रोजगारीका लागि योग्य भएका थिए। 

पिवाद्वारा सार्वजनिक गरिएको चिट्ठा प्रणाली (लट्री–रेन्डम सेलेक्सन) बाट छनोट भएका उम्मेदवारको स्वास्थ्य परीक्षण, प्रहरी प्रतिवेदन, अभिमुखीकरण, करार र श्रम स्वीकृतिका सम्बन्धमा विभागले केही दिनभित्र सूचना सार्वजनिक गर्ने भएको छ। 

पहिलो चरणमा कति श्रमिक पठाउने भन्ने सम्बन्धमा समेत पिवासँग छलफल गरी तय हुने विभागले जनाएको छ। इजरायलले हाल अन्तिम चरणमा छनोट भएका नेपालीको रोजगार सम्झौता, भिसा र अन्य प्रक्रियाका बारेमा काम गरिरहेको छ।

इजरायलले त्यहाँका दीर्घकालीन स्याहार केन्द्रमा रोजगारी दिने गरी पहिलो चरणमा नेपालबाट एक हजार युवा माग गर्ने जनाए पनि विभागले पठाएको नामावलीका आधार पिवाले थप १ सय ७५ को नामावली विभागमा पठाएको थियो। मेडिकल लगायतका अन्य प्रक्रियामा समस्या आउने अनुमानसहित निर्धारण गरिएको भन्दा थप १ सय ७५ को नाम अन्तिम चरणमा राखिएको छ। यसमा महिला ८ सय २१ र पुरुष ३ सय ५४ रहेका छन्।

इजरायलले पठाएको नामावलीको आधारमा क्रमशः १ हजार १ सय ७५ जनालाई नै अभिमुखीकरण तालिम समयमा नै सम्पन्न गर्ने गरी तयारी गरिएको छ। विभागले इजरायलको पिवाबाट छनोट भएर आएका सबैलाई भिसा प्रक्रियाका लागि इजरायली दूतावास पठाउने गरी काम भइरहेको जनाएको छ। 

एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि एक वर्षको हुने भए पनि करार थपिए पाँच वर्षसम्म बस्न पाइने छ। यसका लागि जाने श्रमिकले हवाई भाडा, स्वास्थ्य बिमा, अभिमुखीकरण, पासपोर्ट, पीसीआरसहितको स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा सहित एक लाख ६५ हजार सात सय शुल्क लाग्ने विभागले जनाएको छ।

नेपाल र इजरायलबीच ३० सेप्टेम्बर २०२० मा सरकारी संयन्त्रमार्फत नै भर्ना गर्ने गरी श्रम सम्झौता भएको थियो। निर्देशिका पारित नहुँदा लामो समय अन्योलमा रहेको इजरायल कामदार पठाउने विषय अब करिब अन्तिम चरणमा पुगेको हो। 

कमाइ र कार्यस्थलका हिसाबले इजरायल दक्षिण कोरियाभन्दा आकर्षक गन्तव्य हो। इजरायल जाने कामदारको न्यूनतम तलब एक हजार ५ सय ४३ डलर (झन्डै एक लाख ९० हजार रुपैयाँ) छ। श्रम भिसामा इजरायल जान २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, १.५ मिटर उचाइ र ४५ केजी तौल भएको हुनुपर्नेछ। 

इजरायलमा स्थानीय भाषालाई बाध्यकारी छैन। अंग्रेजी भाषाको ज्ञान भए इजरायल जान सकिन्छ। कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयको कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सोसरहको शैक्षिक योग्यता भएका व्यक्तिले इजरायल जाने पाउने प्रावधान बनाइएको छ। 

यस्तै, नेपाल सरकारको मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट ‘केयर गिभिङ’सम्बन्धी तीन महिनाको तालिम लिएको हुनु पर्नेछ। 

प्रकाशित: Oct 22, 2021| 08:03 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्