शुक्रबार, मंसिर १९, २०८२

विपिन जोशी सबैको मनमा रहिरहने छन्: प्रधानमन्त्री कार्की

 |  सोमबार, कात्तिक ३, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा दिवङ्गत नेपाली विद्यार्थी विपिन जोशी सबैको मनमा रहिरहने बताएकी छन्।

National life

जोशीप्रति आज यहाँ श्रद्धाञ्जलि व्यक्त गर्दै उनले भनिन्, 'जोशीले आफ्नो देशको नाम त राखे राखे, इजरायली जनता र सरकारबाट पनि सम्मान पाए । त्यसैले उहाँलाई बहादुर युवा भन्नुपर्छ । यस्तो बहादुर छोरा जन्माउने आमा, उहाँको खोजीमा अथक सङ्घर्ष गर्ने बहिनीप्रति पनि सम्मान छ।'

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री कार्कीले जोशीको शव नेपाल ल्याएसँगै विगत दुई वर्षदेखि जोशीलाई खोजिरहेका तीन करोड नेपालीका आँखा रसाएका बताइन्। उनले विपिनलाई सकुशल पाउने नेपालीको विश्वास आज निराशामा परिणत भएको उल्लेख गरिन्।

'हामीलाई विपिन फर्केर आउनेछन् भन्ने नै लागेको थियो । यही विमानस्थलमा भव्य स्वागत गरौँला भन्ने इच्छा थियो, तर त्यो सपनामै रह्यो', प्रधानमन्त्री कार्कीले भनिन्, 'उहाँले चाहेको भए आफू बाँच्न सक्थे, तर साथीहरूलाई बचाउन लाग्दा अपहरणमा परे । अपहरणको शिकार हुँदा कति दुःखकष्ट भोगे होलान्, कसरी मारिए होलान्, परिवारमा कति कष्ट भयो होला ! सोच्दा पनि कहाली लाग्छ ।'

विपिन जोशी सबैका छोरा भएको र उहाँको बहादुरी र साहस कहिल्यै बिर्सन नसकिने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले त्यो हिम्मत र साहसप्रति गौरव भएको बताइन्। 'विपिन कहिल्यै अस्ताउने छैनन् । हामी सबैको, नेपालको छोरा भएर सधैँ बाँचिरहने छन्', उनले भनिन्।

Laxmi sunrise bank
kumari

स्व जोशीको पार्थिव शरीर आज अपराह्न इजरायलबाट काठमाडौं ल्याइएको हो।

प्रकाशित: Oct 20, 2025| 18:53 सोमबार, कात्तिक ३, २०८२
प्रतिक्रिया दिनुहोस्