शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • १७ सय १८ कम्पनीले पौने दुई खर्ब लिए सहुलियतपूर्ण कर्जा

१७ सय १८ कम्पनीले पौने दुई खर्ब लिए सहुलियतपूर्ण कर्जा

विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले एक खर्ब ८७ अर्ब १५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन्।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

काठमाडौं– विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले एक खर्ब ८७ अर्ब १५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार १ हजार ७१८ वटा विभिन्न कम्पनीहरुले प्रति कम्पनी एक करोड रुपैयाँभन्दा बढीको सहुलियतपूर्ण कर्जा प्रयोग गरेका छन्। सहुलियतपूर्ण कर्जा लिने अधिकांश कम्पनीहरु कृषि क्षेत्रसँग सम्बन्धित छन्।

राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार वाणिज्य बैंकहरुबाट मात्रै एक खर्ब ६२ अर्ब ५८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ।

नेपाल राष्ट्र बैंकले विभिन्न शिर्षकमा सहुलियतपूर्ण कर्जा दिने गरेको छ। तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक बर्ष २०७४–०७५ को बजेटमा सहुलियतपूर्ण कर्जा प्रवाहको लागि व्याज अनुदान दिने घोषणा गरेका थिए।

सोही अनुरुप नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ लागु गरेको हो। पहिला कृषि, महिला उद्यमी, शिक्षित युवा स्वरोजगार र भुकम्प प्रभावितहरुको निजी आवास निर्माणको लागि दिइने जस्ता सात प्रकृतिको ऋणलाई सहुलियतपूर्ण कर्जाको क्याटेगोरीमा राखिएको थियो। पछि यो बढाएर १० वटा क्षेत्र बनाइयो।

नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म ७ अर्ब ८० करोड ८७ लाख रुपैयाँ सरकारले सहुलियतपूर्ण ऋणको लागि व्याज अनुदान दिइसकेको छ। सरकारले महिला उद्यमीहरुको हकमा भने ६ प्रतिशत व्याज अनुदान दिने गरेको छ। तर अन्य ९ वटा क्याटेगोरीमा भने ५ प्रतिशत व्याज अनुदान दिने व्यवस्था गरेको छ।

हालसम्म एक लाख २० हजार विभिन्न कम्पनी र व्यक्तिहरुले सहुलियपूर्ण रकम लिएर गएको तथ्यांक छ। राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार सवैभन्दा बढी कृषि विकास बैंकले सहुलियतपूर्ण कर्जा प्रबाह गरेको छ। सो बैंक हालसम्म २० अर्ब ५७ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रबाह गरेको छ।

त्यस्तैगरी सवैभन्दा कम सहुलियतपूर्ण ऋण प्रबाह गर्नेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ। सो बैंकले हालसम्म जम्मा एक अर्ब ८ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रबाह गरेको छ। हालसम्म केन्द्रीय बैंकले २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको एको छ।


 

प्रकाशित: Oct 20, 2021| 10:30 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्