शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक धन वर्षा जीवन बिमा योजना

रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक धन वर्षा जीवन बिमा योजना

रिलायन्स लाइफ इन्स्योरेन्सले रिलायन्स वार्षिक धन वर्षा जीवन बिमा योजना सार्वजनिक गरेको छ ।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

काठमाडौं– रिलायन्स लाइफ इन्स्योरेन्सले रिलायन्स वार्षिक धन वर्षा जीवन बिमा योजना सार्वजनिक गरेको छ ।

सो बिमा योजनाअन्तर्गत बिमितलाई प्रत्येक वर्ष बिमालेखको वार्षिकोत्सव मितिमा बिमांकको ५ प्रतिशत रकम भुक्तान गरिने कम्पनीले जनाएको छ । यो योजना बिमितले १५ वा २० वर्षको अवधिका लागि लिन सक्नेछन् ।

१५ वर्षको बिमा अवधिको समाप्तिमा बिमितलाई अग्रिम वार्षिक रूपमा भुक्तानी गरिएको रकम घटाई बाँकी रहेको बिमांक रकम र आर्जित बोनस प्रदान गरिने जनाइएको छ ।

यस्तै, २० वर्षको बिमा अवधिको समाप्तिमा अग्रिम वार्षिक रूपमा भुक्तानी गरिएको रकम घटाई बाँकी बिमांक रकम, आर्जित बोनस र बिमांक रकमको १० प्रतिशत थप रकम (एक पटकको लागि मात्र) प्रदान पनि जनाइएको छ ।

यस योजनामा कथंकदाचित बिमा अवधिमा बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई  बिमांक रकम र आर्जित बोनस प्रदान कम्पनीले जनाएको छ । न्यूनतम बिमांक रकम एक लाख कायम गरिएको यो योजना १८ देखि ५५ वर्ष उमेरका लागि रहेको जनाइएको छ।


प्रकाशित: Oct 19, 2021| 16:50 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्