शुक्रबार, असोज १६, २०८३

निक्षेपभन्दा साढे ३२ प्रतिशत बढी कर्जा

वाणिज्य बैंकहरुले असोज महिनामा निक्षेपको तुलनामा ३२.६३ प्रतिशत बढीले कर्जा प्रवाह गरेका छन्।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

काठमाडौं– वाणिज्य बैंकहरुले असोज महिनामा निक्षेपको तुलनामा ३२.६३ प्रतिशत बढीले कर्जा प्रवाह गरेका छन्। बजारमा तरलता अभाव भएको र कर्जाको मागमा आएको बृद्धिका कारण निक्षेपको तुलनामा कर्जा प्रवाह बढेको हो। 

असोज महिनामा मात्र वाणिज्य बैंकहरुले ९५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने १ खर्ब २६ अर्ब रुपैयाँले कर्जा प्रवाह गरेका छन्। नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुले असोजको पहिलो साता ८ अर्ब, दोस्रो साता ३८ अर्ब, तेस्रो साता ३७ अर्ब रुपैयाँ र चौथो साता १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। 

त्यस्तै सो महिनाको पहिलो साता ३१ अर्ब, दोस्रो साता ३९ अर्ब, तेस्रो साता ४१ अर्ब र चौथो साता १५ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ।


प्रकाशित: Oct 19, 2021| 17:44 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्