शुक्रबार, असोज १६, २०८३

डिशहोमको रिचार्जमा आकर्षक छुट

चाडवाडको यो मौसममा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यम मार्फत डिशहोम रिचार्ज गर्दा ग्राहकहरुले आकर्षक बोनस पाउने भएका छन्।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

काठमाडौं– चाडवाडको यो मौसममा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यम मार्फत डिशहोम रिचार्ज गर्दा ग्राहकहरुले आकर्षक बोनस पाउने भएका छन्। यो योजना अन्तर्गत डिशहोमको रिचार्जमा बाइस सय रुपैयाँसम्म अतिरित्त बोनस रकम प्राप्त गर्न सकिनेछ ।  

यो योजनासँगै ग्राहकले अब मासिक रु। ८९९ मा नै १०० एमबिपिएस इन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्नेछन्। यस्तै डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहक स्पेन घुम्न जान पाउने छन् भने हरेक नयाँ कनेक्सनमा ग्राहकले रु २००० को लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नेछन्।

स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रामाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ । 

प्रकाशित: Oct 19, 2021| 18:05 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्