संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाबीच निकट भविश्यमै हुन लागेको सैन्य अभ्यास स्थगित भएको छ। कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण फैलिएको भन्दै दुबै मुलुकले सैन्य अभ्यास स्थगित गर्ने घोषणा गरेका हुन्।
नागरिकता संशोधन कानुनविरुद्ध ठूलो संख्यामा प्रदर्शन गरिरहेका नागरिकले आइतबार सडक अवरुद्ध गरेपछि जाफराबादमा उक्त कानुनको समर्थन गर्दै आएका नागरिकको समूह र विरोध गरिहरेको समूहबीच झडप सुरू भएको थियो।
दिल्ली प्रहरीले हिंसामा अहिलेसम्म १८ वटा घटना दर्ता भएको र एक सय ६ जनालाई गिरफ्तार गरिएको जानकारी दिएको छ। प्रहरीले घटनाको बारेमा ११२ नम्बरमा सूचना दिन आग्रह गरेको छ।
मुख्यमन्त्री केजरीवालले ट्विट गर्दै अनेक प्रयास गरिए पनि प्रहरीले परिस्थिति नियन्त्रणमा लिन नसकेका कारण सेना परिचालन गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।
भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा नागरिकतासम्बन्धी कानुनको पक्ष–विपक्षमा उत्रिएका प्रदर्शनकारीबीच भड्किएको दंगाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।