शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोनाबाट निको भएर रक्तदान गरेकी महिला भन्छिन्- मेरो रगतले कसैको ज्यान बचोस्

कोरोनाबाट निको भएर रक्तदान गरेकी महिला भन्छिन्- मेरो रगतले कसैको ज्यान बचोस्

कोरोना भाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अवरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ ।
 |  शुक्रबार, चैत २१, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २१, २०७६

न्यूयोर्क । कोरोना भाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अवरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ । न्यूयोर्क शहरकी यी ३९ वर्षीया आमा निको मात्र भइनन्, उनले अरु बिरामी बचाउने सन्दर्भमा अर्को नयाँ इतिहास पनि रचिन् ।

National life

उनले अन्य गम्भीर बिरामीहरूको उपचारमा सहयोग पुर्याउन आफ्नो रगत दान गरेकी छन्।

पिन्क्नीले एसोसिएटेड प्रेस (एपी) सँग भनिन्, “मेरो रगतमा सायद कोरोनाको उपचारसँग जोडिएका प्रश्नहरुको उत्तर हुन सक्छ । यो कुरा थाहा पाउँदा मलाई अति खुशी लागेको छ ।”

विश्वभरका चिकित्सकहरूले संक्रामक रोगलाई फैलिन नदिन शताब्दियौं पुरानो उपचार पद्धतिलाई बेवास्ता गरिरहेका छन्। अर्थात् नयाँ कोरोना भाइरसलाई परास्त गर्न रक्त प्लाज्माको प्रयोग । हुनत यसले बिरामी व्यक्ति ठीक भइहाल्छ भन्ने कुनै प्रामाणित तथ्य त छैन ।

तर ह्युस्टन र न्यूयोर्कमा उपचारपछि ठीक भएका धेरै व्यक्तिहरु आफ्नो रगत दान गर्न उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका छन् । अस्पताल र रक्त केन्द्रहरू पनि यसको नतिजालाई पर्खेर तयारी अवस्थामा बसेका छन् ।

Laxmi sunrise bank
kumari

न्यूयोर्कको माउन्ट सिनाई अस्पतालका अध्यक्ष डा डेभिड राइखले भने, “अहिले यो विधिका बारेमा चौतर्फी चासो छ, र मानिसहरु यो विधि अपनाउन भनिरहेका छन् ।” यही अस्पतालमा टिफानीको उपचार गरिएको र निको पनि भएकी थिइन्।

“यो रोग लागेपछि मानिसहरु निःसहाय अनुभव गर्दछन् । कतिपयले जीवनको आशा मार्छन् । रक्तदानले अरु हजारौंको जीवन बचाउन सक्ने सम्भावना छ,” उनले भने, “उपचार चलिरहेको बेला, हामी केवल यो आशा गर्छौं कि यसले काम गर्छ ।”

इतिहासका पुस्तकहरूमा “कन्भलेसेन्ट सेरम” भनिने यो प्लाज्मालाई सन् १९१८ को महामारीका दिनहरुमा पनि प्रयोग गरिएको थियो । नयाँ आधुनिक औषधि प्रयोगमा आउनुअघि दादुरा, ब्याक्टेरियल निमोनिया र अरु धेरै किसिमका संक्रमण विरुद्ध पनि यसलाई प्रयोग गरिएको थियो ।
किन ?
जब संक्रमणले मानिसलाई आक्रमण गर्न थाल्छ, शरीरले प्राटिनको रुपमा एन्टीबडी उत्पादन गर्दछ र यसले शरीरभित्र प्रवेश गरेका विषाणु विरुद्ध लड्छ । यी एन्टिबडी मानिसको शरीरको रगतमा तैरिरहेको हुन्छ, र विशेषगरी यो प्लाज्मामा रहेको हुन्छ अर्थात् रगतको पहेंलो तरल भाग । यो एन्टिबडी तत्व रगतमा महिनौं, वर्षौंसम्म रहन्छ ।

“जब नयाँ रोगहरू देखा पर्दछन् र वैज्ञानिकहरू खोपहरू वा औषधिहरूको लागि दौडिरहेका हुन्छन् त्यसबखत यो एक द्रुतगतिको पहिलो उपाय हो जुन हामी चाँडै राख्न सक्छौं,” सेन्ट लुइसस्थित वासिङ्टन विश्वविद्यालय स्कूल अफ मेडिसिनका डा जेफ्री हेन्डरसनले बताए । यस विश्वविद्यालयले प्लाज्माको सम्भावनाका बारेमा देशव्यापी अध्ययनको नेतृत्व गरिरहेको छ ।

“यो आफैँमा उपचार पक्कै होइन, तर यो रोगको गम्भीरतालाई कम गर्ने एक तरिका हो,” हेन्डरसनले भने । चिकित्सकहरुलाई अद्यापि कोरोनाभाइरसबाट निको भएका व्यक्तिको एन्टिबडीले कहिलेसम्म काम गर्दछ भन्ने थाहा छैन ।

“तर अहिलेका लागि तिनीहरू सडकमा सबैभन्दा सुरक्षित व्यक्तिहरू हुन्,” सियाटलमा ब्लडवर्क नर्थवेस्टका डा रेबेका हेलीले बताइन् । यो संस्थाले रक्तदाताको पहिचान गर्दछ । तर संस्थाले उनीहरूबाट एन्टिबडी प्राप्त गर्न दबाब भने दिँदैन।

गत हप्ता अमेरिकी खाद्य तथा औषधि प्रशासनले अस्पतालहरूलाई सम्भावित प्लाज्मा प्रयोग कसरी गर्ने भन्ने बारेमा एउटा निर्देशिका नै जारी गरेको छ । एफडिएले हरियो बत्ती बाल्नासाथ ह्युस्टन मेथोडिष्ट अस्पताल र माउन्ट सिनाई अस्पतालले प्लाज्माको प्रयोगको सम्भावना खोज्न थालेका छन् ।

निराश मानिसहरु आफ्ना बिरामी प्रियजनको जीवन बचाउन रक्तदातालाई अनुरोध गर्दै सामाजिक सञ्जालमा सोध्न थालेका छन् । मिसिगन स्टेट युनिभर्सिटीका अनुसार एक हजारभन्दा बढी व्यक्तिले नेसनल कोविड–१९ कन्भलेसेन्ट प्लाज्मा प्रोजेक्टमा प्लाज्मा दान गर्नेगरी हस्ताक्षर गरेका छन् । प्लाज्मा दान र अनुसन्धानलाई प्रोत्साहित गर्न दर्जनौं अस्पतालहरूले मिलेर उक्त समूह गठन गरिएको हो ।

निको भएका र रक्तदान गर्न चाहने दाताहरू रक्तदान केन्द्रमा आउनै पर्छ भन्ने छैन । सर्वप्रथम उनीहरुले आफूलाई कोरोना भाइरस नभएको प्रमाणित गर्नु पर्दछ । त्यसका लागि उनीहरुको केही हप्ता परीक्षण गरी भाइरस नरहेको सुनिश्चित गरिने छ । तिनीहरू रक्तदानका लागि अन्य आवश्यकताहरू पूरा गर्न पर्याप्त स्वस्थ पनि हुनु पर्दछ । साथै उनीहरूको एन्टिबडीको स्तर पर्याप्त छ कि छैन भनेर जाँच गर्न थप परीक्षण लिइन्छ ।

“तपाईं त्यस्तो व्यक्तिबाट प्लाज्मा लिन सक्नुहुन्न जसको औसत रोग–प्रतिरोधात्मक क्षमता छ । त्यो सहयोगी हुने छैन,” राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूटकी डा जुली लेजरवुडले बताइन्।

चिनियाँ चिकित्सकहरूले गत हप्ता कन्भलेसेन्ट प्लाज्मा दिएका पाँच जना बिरामीमा केही हप्ता पछि केही सुधार भएको बताएका छन् । तर तिनीहरूलाई अन्य थेरापी पनि दिइएको थियो, र व्यापक अध्ययन बिना प्लाज्माले काम गरेको छ छैन भन्न सकिन्न ।

कन्भलेसेन्ट प्लाज्माले काम गरेको छ छैन भन्ने जाँच्न बिरामीहरूको नियमित हेरचाह, परीक्षण गर्ने योजना अघि बढाइएको छ ।

अर्कोतर्फ, एनआइएच अनुसन्धानकर्ताहरूले कोरोनाबाट बाँचेकाहरुको एन्टिबडी स्तर मापन गर्दैछन् । बेइजिङको सिंघुवा विश्वविद्यालयमा अन्य टोलीहरूले प्लाज्माको प्रयोग मार्फत् एन्टिबडी बनाउन र त्यसलाई औषधिमा राख्न सकिने वा नसकिने भन्दै अध्ययन गरिरहेका छन् ।

तर टिफानी जस्ता व्यक्तिहरूले गर्ने रक्तदानलाई रक्त केन्द्रहरूले कति चाँडो प्रशोधन गर्न सक्छन् भन्नेमा पनि निर्भर हुनेछ । मार्चको पहिलो हप्ता उनी बिरामी परेकी थिइन्। उनलाई शुरुमा ज्वरो आएको थियो । उनलाई श्वास फेर्न कठिन हुनुका साथै लामो श्वास लिँदा छातीको दुखाई अनुभव भएको थियो । एकल आमा टिफानीलाई आफ्ना ९ र १६ वर्षका छोराहरुको चिन्ता थियो ।

“मलाई मेरो बाथरूमको भुइँमा रोइरहेको र प्रार्थना गरेको याद छ,” ३९ वर्षीया टिफानीले सुनाइन्। त्यसपछि उनी परीक्षण र उपचारका लागि माउन्ट सिनाई अस्पताल गइन्। उनी अस्पतालमा ठीक भइन् । अस्पतालले रक्तदान गर्नुहुन्छ भनी उनलाई सोध्यो । उनले अस्पतालको अनुरोधलाई तत्कालै स्वीकारिन् ।

“यो अरू कसैका लागि आशाको एक प्रकाश हो,” उनी आफ्नो रगतले अरुको जीवन बाँचेको खबर सुन्न व्यग्रताका साथ पर्खिरहेकी छिन्।
रासस

प्रकाशित: Apr 03, 2020| 15:23 शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।