शनिबार, फागुन ३०, २०८२

लकडाउनमा हिँड्दाहिँड्दै हृदयाघातबाट मृत्यु

भारतमा लकडाउनका बेला पैदल हिँडेर घर जाँदै गर्दा हृदयाघात भएर एक मजदुरको मृत्यु भएको छ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

भारतमा लकडाउनका बेला पैदल हिँड्ने क्रममा हृदयाघात भएर एक मजदुरको मृत्यु भएको छ।

National life

मृत्यु हुनेमा मध्यप्रदेश मुरैनाका ३९ वर्षीय रणवीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दिल्लीको एक होटलमा मजदुरी गर्दै आएका उनी लकडाउन सुरु भएपछि पैदल यात्रा गर्दै मध्यप्रदेशस्थित घर जाँदै थिए।

२०० किलोमिटर हिँडेपछि आग्रामा उनको निधन भएको सिकन्दरा थानाध्यक्ष कुलदीप सिंहले बताएका छन्।

रणवीर शुक्रबार साथीसँग मध्यप्रदेशतर्फ लागेका थिए। शनिबार आग्रा पुगेर उनी आराम गर्दै थिए।

सोही क्रममा उनको मृत्यु भएको थियो। घरमा उनको वृद्धा आमा, पत्नी, दुई छोरी र एक छोरा छन्। उनी विगत तीन वर्षदेखि उक्त होटलमा मजदुरी गर्दै आएका थिए। रणवीरलाई होटलमालिकले बिदा दिएपछि घर हिँडेका थिए।

Laxmi sunrise bank
kumari

लकडाउनपछि भारतमा लाखौं मजदुर बिचल्लीमा परेका छन्। मजदुर र विपन्न परिवारलाई राहत उपलब्ध गराउने भने पनि नरेन्द्र मोदी सरकारले प्रभावकारी रुपमा त्यसलाई कार्यान्वयन गर्न नसकेको आरोप विपक्षीले लगाउँदै आएका छन्।

कैयन् ठाउँमा मानिसहरु भोकभोकै छन्। केही ठाउँमा राहत वितरण गरिए पनि भीडभाडका कारण कोरोना भाइरस संक्रमण हुने जोखिम बढेको छ।

सत्याग्रहबाट

प्रकाशित: Mar 29, 2020| 12:10 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।