शनिबार, फागुन ३०, २०८२

कोरोना भाइरस : हालै विकसित विश्व परिघटना सारांशमा

विश्वमै हालै विकसित कोरोना संक्रमण सम्बन्धी घटनाको सारांश
 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

दुबईमा लकडाउन

National life

कोरोना भाइरसका कारण शनिबारदेखि दुबईमा दुई साताका लािग लकडाउन गरिएको छ। दुबईमा हालसम्म १ हजार ५०५ जनामा संक्रमण देखिएको छ भने १० जनाको मृत्यु भएको छ।  

ट्रम्पले भने– आगामी दुई साता झन् कठिन

अमेरिकामा संक्रमितको संख्या तीन लाख नाघेको छ। राष्ट्रपति ट्रम्पले आगामी दुई साता अमेरिकाबासीका लागि अझै कठिन हुने बताएका छन्। उनले कोरोना महामारीबाट जुध्न सेना परिचालन गर्ने घोषणा गरेका छन्।

तेहरानमा संक्रमण फेरि फैलन सक्ने

Laxmi sunrise bank
kumari

इरानको राजधानी तेहरानमा लगाइएका बन्देज उल्लंघन भइरहँदा फेरि भाइरस संक्रमण बढ्न सक्ने स्वास्थ्य अधिकारीले बताएका छन्। मानिसहरुले घरमै बस्न गरिएको आग्रह नमान्दा तेहरानका सडकमा फेरि ट्राफिक जाम हुन सुरु भएको छ। तेहरानमा नयाँ वर्षको विदा समाप्त भएसँगै अधिकारीहरुका तर्फबाट यस्तो चेतावनी आएको हो।

ट्युनिसियाको सरकारलाई थप शक्ति

ट्युनिसियाको संसदले त्यहाँको सरकारलाई थप अधिकार दिएको छ। यो अधिकारबाट सरकारले कोरोना भाइरसका कारण विग्रदो अर्थतन्त्र उकास्नका लागि विभिन्न आदेश जारी गर्न, संसदको स्वीकृति विना नै विभिन्न देशसँग खरिद सम्झौता गर्न सक्ने छ। यो अधिकार त्यहाँका सबै राजनीतिक दलको सहमतिमा दिइएको हो।

बेलायतमा शनिबार धेरै मृत्यु

बेलायतमा शनिबार अहिलेसम्मकै धेरै ७०८ जना संक्रमितको मृत्यु भएको छ। तर संक्रमितको संख्यामा गिरावट आएको छ।संक्रमणका कारण बेलायतमा अहिलेसम्म ४ हजार ३१३ को मृत्यु भएको छ। 

स्पेनमा लकडाउनको अवधि थपियो

स्पेनले लक डाउनको अवधि २५ अप्रिलसम्मका लागि बढाएको छ। प्रधानमन्त्री पेड्रो सान्चेजले बन्दाबन्दी जीवन बचाउने उपाय भएको बताएका छन्। अहिलेसम्म स्पेनमा १ लाख २४ हजार ७३६ जनामा संक्रमण पुष्टी भएको छ भने कुल ११ हजार ७४४ जनाको संक्रमणका कारण मृत्यु भएको छ। तर, स्पेनमा पनि संक्रमण फैलने दरमा भने कमी आएको छ।

इटली : संक्रमण दरमा कमी

इटलीमा आईसीयूमा रहेका बिरामीको संख्यामा कमी आएको छ। यो संगै संक्रमण फैलने दरमा पनि कमी आएको छ।

चीनमा ३० जना थपिए

चीनमा शनिबार ३० जना संक्रमित थपिएका छन्। यीमध्ये अधिकांश विदेशबाट आएका हुन्।

कुवेत र जर्जियामा कोरोना संक्रमणका कारण शनिबार पहिलो पटक मृत्यु भएको छ। जर्जियामा मृत्यु हुने महिला ७९ वर्षीया रहेको बेलायती पत्रिकाले गार्जियनले उल्लेख गरेको छ।

 

प्रकाशित: Apr 05, 2020| 12:14 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।