शनिबार, फागुन ३०, २०८२

कोरोनाबाट स्पेनमा अहिलेसम्मकै ठूलो संख्यामा मृत्यु

विश्वव्यापी महामारीबाट मंगलबार स्पेनमा अहिलेसम्मकै ठूलो संख्यामा संक्रमितको मृत्यु भएको छ।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

काठमाडौं- विश्वव्यापी महामारीबाट मंगलबार स्पेनमा अहिलेसम्मकै ठूलो संख्यामा संक्रमितको मृत्यु भएको छ।

National life

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार स्पेनमा मंगलबार मात्रै ८ सय ४९ जनाको मृत्यु भएको हाे।

योसँगै दक्षिण युरोपेली देश स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार १८९ पुगेको छ। स्पेनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९४ हजार पुगेको छ।

यो विश्वको तेस्रो ठूलो संख्या हो। अमेरिकामा अहिलेसम्म संक्रमित हुनेको संखया १ लाख ६३ हजार ५ सय पुगेको छ। त्यस्तै इटलीमा संक्रमितको संख्या १ लाख १ हजार पुगेको छ।

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार नाघेको छ। इटलीमा मृत्यु हुनेको संख्या साढे ११ हजार पुगेको छ।

Laxmi sunrise bank
kumari

समाचार संस्था अलजजिराका अनुसार विश्वभर कोरोनाबाट ७ लाख ८४ जार मानिस संक्रमित भएका छन्। जसमध्ये १ लाख ६५ हजार मानिस

उपचारपछि निको भएका छन्। त्यस्तै जम्मा मृत्यु हुनेको संख्या ३७ हजार ५ सय पुगेको छ।

कोरोना संक्रमणबाट स्वाद थाहा पाउने शक्ति कमजोर

सामान्यतया कोरोना भाइरसका लक्षणहरु सुख्खा खोकी लाग्ने र उच्च ज्वरो आउने हुन्।

त्यसबाहेक अन्य केही लक्षणहरु छन् जुन लक्षण देखिन थाले भने पनि कम्तीमा ७ दिन सेल्फ आइसोलेसनमा बस्न चिकित्सकले सुझाव दिएका छन्।

एजेन्सीहरुका अनुसार कोरोनाका सामान्य लक्षण भन्दाबाहेक अन्य केके लक्षण छन् भन्नेबारे पनि चिकित्सकहरुले अनुसन्धान गरिरहेका छन्।

अहिले कतिपय कोरोना भाइरस संक्रमित बिरामीहरुले आफूहरुले सुँघ्ने शक्ति गुमाएको वा कुनै कुराको गन्ध थाहा नपाएको बताएका छन्।

यसलाई एनोस्मिया भन्ने गरिन्छ। त्यस्तै कतिपयले स्वाद थाहा नपाएको अर्थात् एजुसिया देखिएको बताएका छन्।

तर याे लक्षणकाे वैज्ञानिक पुष्टि भएकाे छैन भने विश्व स्वास्थ्य संगठनले यसबारे केही भनेकाे छैन।

इरानमा मृत्यु हुनेको संख्या ३ हजार नजिक

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार त्यहाँ थप १४१ जनाको मृत्यु भएको छ। यो सँगै त्यहाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ८९८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार १११ जना नयाँ बिरामी थपिएका छन्। यो संगै संक्रमितको संख्या ३७ हजार ७०३ पुगेको छ।

कंगोका पूर्व राष्ट्रपतिको कोरोनाबाट मृत्यु

Former Congo Republic leader, Jacques-Joachim Yhomby-Opango, speaks to reporters while in exile in Ivory Coast October 28. Yhomby Opango, a former prime-minister, put his name to a call by the ousted गणतन्त्र कंगोका पूर्व राष्ट्रपतिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। ज्याक्वेज ज्वाकिम योम्बी ओपान्गोको कोरोना भाइरसबाट मृत्यु भएको उनको परिवारले जनाएको छ।

उनको ८१ वर्षको उमेरमा पेरिस अस्पतालमा मृत्यु भएको हो।

प्रकाशित: Mar 31, 2020| 17:29 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।