कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलनबाट रोक्न रुसले पनि ‘लकडाउन’ गर्ने निर्णय गरेको छ।
राष्ट्रपति भ्लादिमिर पुटिन यसलाई ‘नन वर्किङ विक’ भनेका छन्।
सरकारले मानिसलाई घरमै रहन भनेको छ। यद्यपि, सरकारको निर्देशन स्पष्ट नभएकाले यसबारे सर्वसाधारण दोधारमा छन्।
विश्वभर महामारीका रूपमा देखिएको कोरोना भाइरसलाई रुसले ‘महामारी’ नभएको बताएको छ।
रुस वा सोभियत संघको कार्यकारी शाखा क्रेमलिनका प्रवक्ता जोर देकरले कोरोना भाइरस ‘महामारी’ नभएको बताए। उनले युरोपका अन्य मुलुकको तुलनामा रुसको स्थिति ‘राम्रो’ भएको बताए।
सरकारी न्युज च्यानलका पत्रकारले घरबाट काम गरिरहेको बताएका छन्। तर, अधिकरीले अप्रिल ५ गतेपछि पनि लकडाउन थपिन सक्ने बताएका छन्। यद्यपि, यो कुरा स्वास्थ्य अवस्थामा निर्भर रहनेछ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार दुई हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।
क्रान्सनोडार क्षेत्रका गर्भनरले सबै सपिङ सेन्टर्स, पार्क तथा रेस्टुरेन्ट बन्द गर्न निर्देशन दिएका छन्। सुपर मार्केटमा काम गर्ने कर्मचारीले मास्क लगाउन सुरु गरेका छन्। यस्तै, कफी पसलमा हेन्ड सेनिटाइजर राखिएका छन्।
बीबीसी