शनिबार, फागुन ३०, २०८२

कोरोनाबाट भारतको उत्तर प्रदेशमा पहिलो मृत्यु

कोरोना भाइरस संक्रमणबाट भारतको उत्तर प्रदेशमा एक जनाको मृत्यु भएको छ।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

नयाँदिल्ली : कोरोना भाइरस संक्रमणबाट भारतको उत्तर प्रदेशमा एक जनाको मृत्यु भएको छ। गोरखपुरमा २५ वर्षीय युवकको मृत्यु भएको जनाइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु भएको याे पहिलो हो।

National life

कोरोना भाइरसबाट भारतमा मृत्यु हुने यी व्यक्ति सबैभन्दा कम उमेरका रहेको बताइएकाे छ। विदेशबाट फर्किएका ती युवकले गोरखपुरको बीआरडी मेडिकल कलेजमा उपचार गराएका थिए। उनको मृत्युपछि परिवारका सदस्यको स्वास्थ्य परीक्षण सुरु गरिएको छ। यसअघि विहारको पटनामा ३८ वर्षीय एक व्यक्तिको मृत्यु भएको थियो।

भारतमा कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार १२३८ जना संक्रमित भएका छन्। तीमध्ये ४९ जना विदेशी छन्।

काेराेना भाइरसबाट महाराष्ट्र सबैभन्दा प्रभावित छ। त्यहाँ २६४ लाई संक्रमण भएको छ। केरलामा २५४ जनामा संक्रमण भएको छ। राजधानी दिल्लीमा १०५ जनालाई संक्रमण भएको छ। दिल्लीमा कोरोना भाइरस संक्रमणबाट दुई जनाको ज्यान गएको छ। उपचारमा संलग्न तीन चिकित्सक पनि संक्रमित भएका छन्।

प्रकाशित: Apr 01, 2020| 15:52 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।