बिहीबार, साउन १४, २०८३

राष्ट्रपति ट्रम्पले मास्क नलगाउने

अमेरिकामा जारी गरिएको नयाँ मेडिकल दिशानिर्देशमा कोरोना भाइरसको जोखिमका कारण सबैलाई मास्क लगाउन अनिवार्य गरिएको छ। तर राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफूले मास्क नलगाउने बताएका छन्।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

अमेरिकामा जारी गरिएको नयाँ मेडिकल दिशानिर्देशमा कोरोना भाइरसको जोखिमका कारण सबैलाई मास्क लगाउन अनिवार्य गरिएको छ। तर राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफूले मास्क नलगाउने बताएका छन्।

उनले भनेका छन्, ‘राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा, रानीलाई म कसरी मास्क लगाएर स्वागत गरौँ।’ उनले शुक्रबार जारी उक्त निर्देशन पालना गर्न आफू बाध्य नभएको पनि बताएका छन्।

अमेरिका अहिले कोरोनाको चपेटामा छ । त्यहाँ कोरोना संक्रमितको संख्या २ लाख ७० हजार नाघिसकेको छ भने मृत्यु हुनेको स)ख्या सात हजार नाघेको छ ।

अहिलेसम्म अमेरिकाका स्वास्थ्य अधिकारीहरुले बताउँदै आएका थिए– बिरामी र तिनको उपचार तथा रेखदेख गर्नेले मात्रै मास्क लगाउनु जरुरी छ।

शुक्रबार (हिजो) बल्ल सबैलाई मास्क लगाउन भनिएको छ। यद्यपि, आम मानिसलाई सर्जिकल मास्क नलगाउन भनिएको छ किनकी यस्तो मास्कको अभाव नै छ अमेरिकामा पनि ।

बीबीसी

 

प्रकाशित: Apr 04, 2020| 08:21 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।