शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • तुर्कमेनिस्तानले ‘कोरोना भाइरस’ शब्दमा लगायो प्रतिबन्ध, मास्क लगाउनेलाई जेल हाल्ने आदेश

तुर्कमेनिस्तानले ‘कोरोना भाइरस’ शब्दमा लगायो प्रतिबन्ध, मास्क लगाउनेलाई जेल हाल्ने आदेश

मध्य एसियाली देश तुर्कमेनिस्तानले ‘कोरोना भाइरस’ शब्दमाथि नै प्रतिबन्ध लगाएको छ।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

मध्य एसियाली देश तुर्कमेनिस्तानका अधिकारीहरु ‘कोरोना भाइरस’ को सट्टा ‘श्वासप्रश्वासको रोग’ जस्ता शब्द प्रयोग गरिरहेका छन्।

National life

अहिले विश्वभरका संस्था, सरकार र मिडियाले कोरोना भाइरसबारे धेरैभन्दा धेरै जानकारी दिइरहेका छन्। तर, मध्य एसियाली देश तुर्कमेनिस्तानले ‘कोरोना भाइरस’ शब्दमाथि नै प्रतिबन्ध लगाएको छ।

तुर्कमेनिस्तानको समाचार एजेन्सी तुर्कमेनिस्तान क्रोनिकलका अनुसार त्यहाँको सरकारले मिडिया, शिक्षण संस्था र सरकारी कार्यालयहरुलाई कोरोना भाइरस शब्दको प्रयोग नगर्न आदेश जारी गरेको छ।

अहिले त्यहाँका अधिकारीहरु ‘कोरोना भाइरस’ को सट्टा ‘श्वासप्रश्वासको रोग’ जस्ता शब्द प्रयोग गरिरहेका छन्।

युरोपेली समाचार एजेन्सी रेडियो फ्रि यूरोपका अनुसार तुर्कमेनिस्तानको राजधानी अशगबतका सडकमा कोरोना भाइरसबारे कुरा गर्ने, अनुहारमा मास्क लगाउने मानिसलाई प्रहरीले पक्राउ गर्नसक्छ।

Laxmi sunrise bank
kumari

समाचारमा बताइए अनुसार कोरोना भाइरसका बारे कसैले कुरा गर्छ की भनेर सादा पोशाकका प्रहरीले सडकमा निगरानी गरिरहेका छन्।

तुर्कमेनिस्तान सरकारले आफ्नो देशमा कोरोना भाइरसबाट कोही पनि पीडित नभएको बताएको छ।

यद्यपि, रेलवे र बस स्टेशनमा मानिसहरुको तापक्रम जाँच्नेदेखि भिडभाड हुने स्थानको विशेष सफाई जस्ता रोकथामका महत्वपूर्ण काम पनि भइरहेका छन्।

देशमा जारी नागरिक आन्दोलनमा रोक लगाइएको छ भने अफगानिस्तानको सीमासँग जोडिएका गाउँमा जान प्रतिवन्ध लगाइएको छ।

यतीमात्र होइन, रुढिवादी सोचका मानिने तुर्कमेनिस्तानका राष्ट्रपति गुरबांगुली बेयरडेमुकामेडोभले कोरोना भाइरसबाट बच्नका लागि अचम्मको आदेश जारी गरेका छन्। उनले देशका सबै सार्वजनिक स्थलमा ‘हरमाला’ नामक पारम्परिक विरुवा लगाउन आदेश जारी गरेका उनले यो विरुवाले रोग प्रसार हुन नदिने ठान्छन्।

प्रकाशित: Apr 02, 2020| 02:15 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।