बिहीबार, साउन १४, २०८३

जर्मनीको हेस राज्यका अर्थमन्त्रीले गरे आत्महत्या

५४ वर्षीय अथमन्त्री स्याफर कोरोनाले अर्थतन्त्रको पारेको प्रभावलाई कसरी उकास्ने भन्ने पिरमा थिए।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

काठमाडौं– जर्मनीको हेस राज्यका अर्थमन्त्री थोमस स्याफरले आत्महत्या गरेका छन्।

समाचार संस्था डिडब्ल्यू डटकमका अनुसार स्याफरको शव शनिबार होचेमको रेलवे ट्रयाकमा भेटिएको हो।

५४ वर्षीय स्याफर कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावलाई कसरी उकास्ने भन्ने पिरमा थिए।

उनले आत्महत्या नोट पनि लेखेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्। उनको मृत्युबारे थप अनुसन्धान भइरहेको जर्मनीका सञ्चार माध्यमले बताएका छन्।

पछिल्लो समय कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रभावको जानकारी गराउन उनले सार्वजनिक स्थानमा उपस्थित भइरहन्थे।

स्याफर १० वर्षदेखि हेस राज्यको अर्थमन्त्री थिए।

 

प्रकाशित: Mar 29, 2020| 21:50 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।