मंगलबार, वैशाख २९, २०८३

कोरोनाबाट सर्वाधिक ज्यान गुमाउने पाँच देश, कहाँ कति ?

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार कोरोना संक्रमण देखिएका पाँच देशमा मात्रै ३१ हजार पाँच सय ६१ जनाले ज्यान गुमाएका छन्।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

काठमाडौं– विश्वभरका दुई सय देशमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट अहिलेसम्म ४२ हजारभन्दा बढीको ज्यान गइसकेको छ।

National life

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार कोरोना संक्रमण देखिएका पाँच देशमा मात्रै ३१ हजार पाँच सय ६१ जनाले ज्यान गुमाएका छन्।

कोरोना संक्रमणबाट इटालीमा सबैभन्दा बढी १२ हजार चार सय २८ जनाको ज्यान गइसकेको छ। कोरोना भाइरस संक्रमण देखिएको चीन ज्यान गुमाउने संख्याको सूचीमा पाँचौ स्थानमा छ। त्यहाँ कोरोना संक्रमणबाट तीन हजार तीन सय १२ जनाको ज्यान गइसकेको सीएनएनले जनाएको छ।

यो सूचीमा स्पेन, संयुक्त राज्य अमेरिका र फ्रान्स क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन्।

कहाँ कति ?

देश            मृत्यु

इटाली        १२४२८

स्पेन           ८४६४

अमेरिका      ३८३४

फ्रान्स         ३५२३

चीन           ३३१२

एजेन्सी

 

प्रकाशित: Apr 01, 2020| 15:48 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।