शनिबार, फागुन ३०, २०८२

जुन मुलुक लकडाउन नगरी कोरोनासँग लड्न सफल छ

नेपालमा भने चीनमा कोरोना फैलिएको धेरै पछिमात्र सरकारले तयारी थालेको थियो। र, विदेशबाट आवतजावत कायमै थियो।
 |  शुक्रबार, चैत २१, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २१, २०७६

जनता बढी खुशी रहने देशहरुको सूची (वर्ल्ड हेप्पिनेस इन्डेक्स) मा आइसल्याण्ड पहिलो पाँचभित्र पर्छ। समुद्रको बीचमा रहेको आइसल्याण्डको जनसंख्या करिब ३ लाख ६४ हजारमात्र छ। त्यसमा पनि बढी मानिसहरु सहरमै बस्छन्।

National life

विश्वका अन्य मुलुकजस्तै कोरोना भाइरसको त्रास र जोखिम आइसल्याण्डमा पनि छ। तर, कोरोनासँग लड्न आइसल्याण्ड सरकार सफल देखिएको छ। कोरोनाका कारण युरोप, अमेरिकालगायत एसियाका थुप्रै देशहरु बन्दाबन्दी (लकडाउन) को स्थितिमा छन्।

नेपालमा पनि भाइरस संक्रमणबाट बच्न र फैलिन नदिन नेपालीहरु घरमै बसेको दुई साता भइसकेको छ। हालसम्म ६ जनामा कोरोना देखिएको पुष्टि सरकारले गरेको छ ।

आइसल्याण्डमा अहिलेसम्म कोरोनाबाट दुईजनाको मृत्यु भएको छ। १३ सयभन्दा बढीमा संक्रमण देखिएको छ, जसमध्ये २७० जना उपचारपछि निको भएका छन्। आफ्नो मुलुकमा कोरोना भित्रिसकेको भए पनि आइसल्याण्ड सरकारले मुलुक लकडाउन गरेको छैन। त्यहाँ मास टेस्टिङको रणनीति अपनाइएको छ। यो भनेको सबैको कोरोना परीक्षण गर्नु हो ।

जनसंख्या थोरै भएकाले त्यहाँ यो सम्भव पनि छ। मास टेस्टिङ संक्रमण देखिएका व्यक्तिको उपचार गर्ने र नदेखिएकालाई सचेत रहन आग्रह गर्दै दैनिक कामकाजमा पठाइएको छ।

Laxmi sunrise bank
kumari

आइसल्याण्डको बायोफर्मा कम्पनी डिकोड जेनेक्सीले ठूलो संख्यामा त्यहाँ कोरोना परिक्षण गर्दैछ। उसले त्यहाँ सबै नागरिकको कोरोना परीक्षण गर्नेछ।

कोरोना परीक्षणबाट संक्रमित देखिएकाहरुलाई आइसोलेसनमा राखेपछि संक्रमण फैलिने सम्भावना कम रहेको आइसल्याण्ड सरकारले बताउँदै आएको छ। 

आइसल्याण्डमा कोरोना परीक्षण गरिरहेको डिकोड संस्थाका अनुसार परीक्षण गरिएका मध्ये १ प्रतिशतमा कोरोनाको संक्रमण देखिएको छ। संस्थाका संस्थापक डा. कारी स्टेफेन्सनले सीएनएनलाई जानकारी दिएअनुसार परीक्षणबाट कोरोना संक्रमित देखिएका मध्ये ५० प्रतिशत व्यक्तिमा कोरोनाको लक्षण देखिएको थिएन।

संक्रमण नदेखिएका व्यक्तिहरु निर्वाध रुपमा घुमफिर गर्दा कोरोना फैलिने सम्भावना बढी हुन्छ। त्यसकारण सबै व्यक्तिको कोरोना परीक्षण गरिएको खण्डमा कोरोना फैलिनबाट रोक्न सकिने डा. कारीको भनाइ छ।

आइसल्याण्डमा मास टेस्टिङलाई नै मुख्य आधार मानिएको छ। यद्यपि, त्यहाँ पनि सय जनाभन्दा बढीलाई एकै ठाउँमा भेला हुन रोक लगाइएको छ भने विद्यालय बन्द गरिएको छ।

भाइरसबाट लड्न मेडिकल टिमहरु तयारी अवस्थामा रहेका छन्। अन्य पूर्वतयारीमा पनि आइसल्याण्ड अगाडि छ। कोरोना परीक्षण र संक्रमित व्यक्तिहरुको सम्पर्कलाई ट्रेस गर्ने कामलाई प्राथमिकता दिइएको छ। यसकै कारण लकडाउन गर्न आवश्यक नभएको हो ।

क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमाथि कडा निगरानी गरिएको छ भने बिरामीको उपचारमा सतर्कता अपनाइएको छ।

चीनमा कोरोना संक्रमण देखिएलगत्तै आइसल्याण्डले तयारी थालेको थियो। नेपालमा भने चीनमा कोरोना फैलिएको धेरै पछिमात्र सरकारले तयारी थालेको थियो। र, विदेशबाट आवतजावत कायमै थियो।

- एजेन्सीहरुको सहयोगमा बीपी साह

प्रकाशित: Apr 03, 2020| 08:18 शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।