बिहीबार, साउन १४, २०८३

स्पेनमा कोरोनाबाट ज्यान गुमाउने ९ सय ३२ थपिए

स्पेनमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउने ९ सय ३२ जना थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 |  शुक्रबार, चैत २१, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २१, २०७६

स्पेनमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउने ९ सय ३२ जना थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै त्यहाँ शुक्रबार दिउँसोसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ९ सय ३५ पुगेको अमेरिकी समाचार संस्था सीएनएले जनाएको छ। यो कोरोना संक्रमणबाट सर्वाधिक ज्यान गुमाउने देशको सूचीमा दोस्रोमा पर्छ।

कोरोना संक्रमणबाट इटालीमा सर्वाधिकले ज्यान गुमाएका छन्। त्यहाँ १३ हजार ९ सय १५ जनाले ज्यान गुमाइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

पछिल्ला केही दिनयता स्पेनमा कोरोना संक्रमण तीव्ररूपले फैलिरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका तथ्यांक अनुसार त्यहाँ अहिलेसम्म ७६ हजार दुई सय ६२ कोरोना भाइरसका ‘एक्टिभ केस’ छन्।

बिहीबार मात्रै दुई हजार सात सय ७० बिरामी थपिएको मन्त्रालयको भनाइ छ। त्यहाँ ३० हजार पाँच सय १३ कोरोना संक्रमण उपचारपछि निको भइसकेका छन्।

एजेन्सी

 

प्रकाशित: Apr 03, 2020| 17:11 शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।