मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • स्पेनिस फ्लुबाट बचेकी १०९ वर्षीया हिल्डालाई लग्यो कोरोनाले

स्पेनिस फ्लुबाट बचेकी १०९ वर्षीया हिल्डालाई लग्यो कोरोनाले

१०९ वर्षीया यी वृद्धा यसपटक कोरोना भाइरसबाट बच्च सकिनन्।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

बेलायतकी हिल्डा चर्चिल सात वर्षकी थिइन् सय वर्षअघि विश्वभर स्पेनिस फ्लुको महामारी फैलँदा।

National life

सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुबाट त्यति बेलाको विश्व जनसंख्याको झन्डै एक तिहाइ अर्थात् ५० करोड संक्रमित भएका थिए। पाँच करोडको त ज्यानै गएको बताइन्छ।

हिल्डाकी एक वर्षीया बहिनी पनि बितेकी थिइन् फ्लु संक्रमणबाट। तर उनी जीवितै रहिन्। हिल्डाको जन्म सन् १९११ मा भएको थियो।

१०९ वर्षीया यी वृद्धा यसपटक कोरोना भाइरसबाट बच्च सकिनन्। आफ्नो जन्मदिन आउनु ठिक ८ दिनअगाडि कोरोना संक्रमणबाट हिल्डाको शनिबार मृत्यु भएको बेलायती अखबार गार्जियनले उल्लेख गरेको छ।

बेलायतले हिल्डालाई कोरोना भाइरस संक्रमणबाट ज्यान लिने सबैभन्दा जेष्ठ नागरिक दाबी गरेको छ।

सन् १९२९ मा खिचिएको तस्बिरमा हिल्डा चर्चिल आफ्ना पतिका साथ। -दी गार्जियन

चार छोराछोरी, ११ नातिनातिना, १२ पनातिपनातिना र ३ जना जनातिनाकी अभिभावक हिल्डाको बेलायतको स्टालफोर्ड केयर होममा मृत्यु भएको हो। उनका नाति अन्थोली चर्चिलले गार्जियनसँग आफूले हजुरआमाबाट स्पेनिस फ्लुबारे धेरै कुरा सुनेको बताएका छन्।

उनले भने, 'मैले उहाँलाई अन्तिम पटक भेट्दा कोरोना भाइरस स्पेनिस फ्लुसँग धेरै मिल्दोजुल्दो रहेको बताउनुभएको थियो।' 

 

 

प्रकाशित: Mar 30, 2020| 19:30 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।