शनिबार, फागुन ३०, २०८२

कोरोना संक्रमणबाट अहिलेसम्म जोगिएका १८ मुलुक

बीबीसीका अनुसार अहिलेसम्म १८ देशमा कोरोना भाइरस संक्रमण भएको छैन।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

काठमाडौं - डिसेम्बरमा चीनबाट फैलिएको कोरोना भाइरसले यति बेला संसार आक्रान्त छ। ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ। करिब ११ लाख मानिस संक्रमित भएका छन्।

National life

धेरैजसो मुलुक लकडाउनमा छन्। संसारका शक्तिशालीदेखि विपन्न मुलुकहरुलाई कोरोना भाइरस टाउको दुखाइ बनेको छ, दोस्रो विश्वयुद्धको त्रासदीपछि पहिलोपल्ट।

यस्तो अवस्थामा केही यस्ता देश पनि छन्, जहाँ अहिलेसम्म कोराना भाइरस संक्रमण देखिएको छैन। बीबीसीका अनुसार अहिलेसम्म १८ देशमा कोरोना भाइरस संक्रमण भएको छैन।

कोरोना भाइरस महामारीबाट बच्ने भाग्यमानी मुलुकमा कोमोरोस, किरिबाती, लेसोथो, मार्सल आइल्यान्ड, माइक्रोनेसिया, नाउरु, उत्तर कोरिया छन्।

यस्तै पलाऊ, समोआ, साओ टोमे एन्ड प्रिन्सिपे, सोलोमन आइल्यान्डमा पनि कोरोना भाइरस देखिएको छैन। कोरोना भाइरस संक्रमण नभएका अन्य मुलुकमा दक्षिण सुडान, ताजिकिस्तान, टोंगा, तुर्कमेनिस्तान, टुभालु, भानुवातु र यमन छन्।

Laxmi sunrise bank
kumari

यीमध्ये उत्तर कोरियामा लामो समयदेखि अन्य देशका नागरिक आगमनमा प्रतिबन्ध लगाइएको छ। मध्यपूर्वको यमन गृहयुद्धको झमेला रहेको छ। त्यसकारण यी दुवै मुलुक बाहिरी संसारभन्दा अलग छन्।

कोरोना भाइरसको महामारीबाट बचेका अन्य १६ मुलुक ससाना र टापु हुन्। यी देशमा विदेशीको आगमन असाध्यै कम हुन्छ। त्यसैले पनि कोरोना भाइरस संक्रमणबाट जोगिएको विश्वास छ।

 

प्रकाशित: Apr 04, 2020| 12:34 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।