सोमबार विहानै सेनाले राष्ट्रिय टेलिभिजनमा संवोधन गर्दै म्यानमारमा एक वर्षसम्म संकटकाल लागू गरिएको जनाएको छ। राजधानी र प्रमुख सहरमा टेलिफोन र इन्टरनेट सेवा बन्द गराइएको छ।
इराकको राजधानी बग्दादको मध्य बजारमा बिहीबार दुईवटा आत्मघाती बम विष्फोटन भएको त्यहाँको एक सरकारी सञ्चार माध्यमले जनाएको छ। विस्फोटमा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको बताइएको छ।