बिहीबार, फागुन २८, २०८२

सैन्य ‘कु’पछि म्यानमारमा ७१ पत्रकार पक्राउ : राष्ट्रसंघ

सेनाले म्यानमारको शासनसत्ता कब्जा गरेपछि ७१ जना पत्रकार पक्राउ परेको राष्ट्रसंघले उल्लेख गरेको छ।
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

न्युयोर्क - सेनाले म्यानमारको शासनसत्ता कब्जा गरेपछि ७१ जना पत्रकार पक्राउ परेको राष्ट्रसंघले उल्लेख गरेको छ। संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिएका हुन्। 

National life

'फेब्रुअरीयता म्यानमारबाट ७१ जना पत्रकारलाई पक्राउ गरिएको हाम्रो भगिनी संस्था युनेस्कोले जानकारी दिएको छ। यीमध्ये आधाभन्दा बढी अझसम्म पनि नजरबन्दमा नै छन्,' दुजारिकले भने। २४ पत्रकारलाई तथ्यहीन समाचार फैलाएको आरोप लगाइएको समेत उनले जानकारी दिए। 

'पत्रकार र हजारौँ मानिस पक्राउ गरिएको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,' प्रवक्ता डुजारिकले भनेका छन्। 

यस्तै उनले म्यानमारमा सुरक्षाकर्मीहरूका कारण कम्तीमा ५१ बालबालिकाको मृत्यु भएको विवरणसमेत सार्वजनिक गरे। 

'आन्दोलनकारी विरुद्ध सुरक्षाकर्मीहरुले गरेको हिंसात्मक आक्रमणका क्रममा उनीहरूको मृत्यु भएको हो,' प्रवक्ता स्टेफन डुजारिकले भने, 'गत फेब्रुअरी १ तारिखदेखि यही अप्रिल १३ तारिखसम्मको विवरण अनुसार म्यानमारमा आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट मारिएका मध्ये कम्तीमा ५१ जना बालबालिका रहेका छन्।'

Laxmi sunrise bank
kumari

आन्दोलनमा लागेको आरोपमा करिब एक हजार बालबालिकाहरुलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएको उनको भनाइ छ।  

हिंसा रोक्न र शान्तिको बाटो रोज्न राष्ट्रसंघले पटक-पटक आग्रह गरेपनि हिंसात्मक घटनाहरू भइरहेको भन्दै उनले चिन्ता पनि व्यक्त गरे। 

पछिल्लो संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले निर्वाचन गराउने बाहनामा फेब्रुअरी १ मा म्यानमारको सत्ता हातमा लिएको थियो। सेनाले शीर्ष नेताहरूलाई थुनामा राखेर सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको थियो। 

सेनाले सत्ता लिएकै दिनदेखि विरोध भइरहेको छ। सेनाले सत्ता लिनु गलत भएको भन्दै राष्ट्रसंघलगायतका विश्वव्यापी संस्था र विभिन्न देशहरूले म्यानमारलाई प्रजातान्त्रिक प्रक्रियामा फर्काउन पटक-पटक आग्रह गर्दै आएका छन्। 

सर्वत्र विरोध हुदाँहुदै पनि सेनाले अटेरी गरिरहेपछि भइरहेको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म ७०७ जनाको मृत्यु भएको छ।

प्रकाशित: Apr 16, 2021| 05:30 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।