आइतबार, वैशाख २७, २०८३

कोरोना बढेपछि भारतको कर्नाटकमा कर्फ्यू जारी

कोरोना भाइरसको सन्त्रासका  कारण भारतको कर्नाटक राज्यले रात्रिकालिन कर्फ्यू लगाउने घोषणा गरेको छ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

कोरोना भाइरसको सन्त्रासका  कारण भारतको कर्नाटक राज्यले रात्रिकालिन कर्फ्यू लगाउने घोषणा गरेको छ।

National life

भारतभर कोरोना भाइरसको संक्रमण निरन्तर उकालो लागेपछि नियन्त्रणका लागि भन्दै कर्नाटक राज्यले अप्रिल २१ बुधबारदेखि मे ४ तारिकसम्मका लागि रात्रिकालिन कफर्यू जारी गरेको हो।

कर्फ्यू  बुधबार राति ९ बजेदेखि बिहान छ बजेसम्म रहने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

कर्नाटकमा एकै दिन २१ हजार ७ सय ९४ जना भाइरसका नयाँ संक्रमित थपिएका छन् भने १ सय ४९ जनाको  मृत्यु भएको छ।

कर्नाटकममा अहिलेसम्म भाइरसका कारण १३ हजार छ सय ४६ जनाको मृत्यु भइसकेको छ। त्यहाँ कूल संक्रमित संख्या  ११ लाख ९८ हजार छ सय ४४ पुगेको छ।

कर्नाटक राज्यले अत्यावश्यक सेवा बाहेक सबै क्षेत्रमा पूर्णरुपमा कर्फ्यू लागु गर्ने जानएको छ।

भारतमा पछिल्लो २४ घन्टामा २ लाख ९४ हजार १ सय  १५ जना नयाँ संक्रमित थपिएका छन्। सोही समयमा २ हजारको मृत्यु भएको छ। 

भारतमा कोरोनाका कारण बुधबारसम्म १ लाख ८२ हजार ५ सय ७० जनाको मृत्यु भइसकेको छ भने २१ लाख ५० हजार १ सय १९ जनाको उपचार भइरहेको छ।

 त्यस्तै भारतको तेलंगाना राज्यले पनि ३० अप्रिलसम्म १० दिनका लागि रात्रिकालिन कर्फ्यू घोषणा गरेको छ।

रात्रिकालिन कर्फ्यू राति ९ बजेदेखि बिहान ५ बजेससम्म रहने छ।

प्रकाशित: Apr 21, 2021| 03:32 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।