बिहीबार, फागुन २८, २०८२

कोरोना कहरले बेलायती प्रधानमन्त्रीको भारत भ्रमण रद्द

भारत भ्रमण गर्ने तयारीमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनको भ्रमण रद्द भएको छ।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

एजेन्सी- भारत भ्रमण गर्ने तयारीमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनको भ्रमण रद्द भएको छ। भारतमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढ्दै गएपछि बेलायती प्रधानमन्त्री जोनसनको भारत भ्रमण रद्द भएको हो।

National life

बेलायती प्रधानमन्त्रीको कार्यालयले एक वक्तव्य जारी गर्दै जोनसन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच यसै अप्रिलको अन्त्यमा एकपटक वार्ता हुने र त्यसपछि सन् २०२१ को अन्त्यमा पुनः छलफल हुने जानकारी दिएको छ।

बोरिस जोनसन यसअघि गत जनवरीमै भारत भ्रमणको तयारीमा थिए। भारतको गणतन्त्र दिवसको अवसरमा मुख्य अतिथिको रुपमा उनलाई भारतमा निम्ता गरिएको थियो। त्यो समयमा बेलायतमा दोस्रो लहरका कारण लकडाउन भएपछि उनले भारत भ्रमण रद्द गरे।

त्यसपछि अप्रिलका लागि सारिएको भ्रमण पनि स्थगित भएको हो। बेलायत सरकारले यस महिना हुने जोनसनको भारत भ्रमणमा भारत र बेलायतबीच व्यापार तथा विभिन्न विषयमा सम्झौता गर्ने अपेक्षा लिएको थियो।

तर भारतमा कोरोनाको नयाँ भेरियन्टको प्रकोप बढेपछि बेलायतमा बोरिसको भ्रमण स्थगित गर्न दबाब बढेको थियो।

Laxmi sunrise bank
kumari

आइतबार पनि बेलायतको लेबर पार्टीका एक नेता स्टीभ रीडले एक समाचार च्यानलसँगको कुराकानीमा प्रधानमन्त्री जोनसनलाई जुम बैठक गरेर भारतसँग छलफल र वार्ता किन गर्दैनन् भन्ने प्रश्न गरेका थिए।

प्रकाशित: Apr 19, 2021| 09:41 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।