आइतबार, वैशाख २७, २०८३

२३ हजार बन्दी रिहा गर्दै जुन्ता सरकार

लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता नियन्त्रणमा लिएपछि भइरहेको आन्दोलनका क्रममा हजारौँ आन्दोलनकारी अहिले बन्दी भएका छन्। तीनै हजारौँ बन्दीहरु मध्ये केहीलाई रिहा गर्ने तयारी भएको एक उच्च अधिकारीले शनिबार जानकारी दिएका छन्। 
 |  शनिबार, वैशाख ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

यांगुन- म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीलाई रिहा गर्ने तयारी गरेको छ। देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३ हजारभन्दा बढीलाई नयाँ वर्षको अवसर पारेर रिहा गर्ने तयारी भएको हो।

National life

लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता नियन्त्रणमा लिएपछि भइरहेको आन्दोलनका क्रममा हजारौँ आन्दोलनकारी अहिले बन्दी भएका छन्। तीनै हजारौँ बन्दीमध्ये केहीलाई रिहा गर्ने तयारी भएको एक उच्च अधिकारीले शनिबार जानकारी दिएका छन्। 

म्यान्मारमा परम्परागत बुद्ध धर्माबलम्बीहरूको नयाँ वर्षको अवसरमा कैदी बन्दीहरुलाई आम माफी दिने चलन अनुसार नै यस पटक बन्दीहरुलाई रिहा गर्न लागिएको हो।

गत फेब्रुअरी १ देखि सेनाले सत्ता नियन्त्रणमा लिएपछि म्यानमारमा अहिलेसम्म हजारौ गिरफ्तार भएका छन् भने सयौँ घाइते भएका छन्। त्यसैगरी सात सय भन्दा बढीको मृत्यु भएको जनाइएको छ। 

मृत्यु भएका मध्ये कम्तीमा ५१ जना बालबालिका रहेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ। आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट भएको हिंसामा परी उनीहरुको मृत्यु भएको राष्ट्रसंघीय अधिकारीहरुको भनाइ छ। 

आन्दोलनमा लागेको आरोपमा झण्डै एक हजार बालबालिकाहरुलाई सुरक्षाकर्मीहरुले अझै पनि नियन्त्रणमा लिएको पनि राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ। हिंसा रोक्न र शान्तिको बाटो रोज्न राष्ट्रसंघलगायतका धेरै निकाय र मुलुकहरुले पटक पटक आग्रह गरेपनि म्यान्मारमा हिंसात्मक घटनाहरु भइरहेको छ।

पछिल्लो संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि निर्वाचन गराउने बाहनामा म्यान्मारको सत्ता हातमा लिएको छ।

तत्कालीन नयाँ संसदको पहिलो बैठक बस्ने तय भएकै दिन फेब्रुअरी १ तारिखमा सेनाले शिर्ष नेताहरुलाई थुनामा राखेर सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको हो।

प्रकाशित: Apr 17, 2021| 10:39 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।