आइतबार, वैशाख २७, २०८३

भारतको महाराष्ट्रमा कडा प्रतिबन्ध

भारतमा कोरोनाको हब बनेको महाराष्ट्रमा कडा प्रतिबन्ध लगाइएको छ।
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

एजेन्सी- भारतमा कोरोनाको हब बनेको महाराष्ट्रमा कडा प्रतिबन्ध लगाइएको छ।

National life

कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि त्यहाँ दैनिक ६० हजारभन्दा बढीमा कोरोना संक्रमण देखिन थालेको छ। पहिलो चरणमा पनि निकै प्रभावित बनेको भारतको सबैभन्दा धनी प्रान्त महाराष्ट्रमा १४ अप्रिल (आज) साँझदेखि १५ दिनका लागि कडा प्रतिबन्ध घोषणा गरिएको हो।

मुख्यमन्त्री उद्धव ठाकरेले त्यहाँका उद्योग तथा इकमर्श व्यवसाय सबैभन्दा बढी प्रभावित हुने ठानिएको छ।
महामारीका कारण राज्यका रेष्टुरेन्ट, क्याफे तथा लक्जरी पसलहरु बन्द हुनेछन्।

मुख्यमन्त्रीउद्धव ठाकरेले बैंक, अस्पताल, स्टक एक्सजेन्ज र किरानाजस्ता अत्यावश्यक क्षेत्रबाहेक अरु उद्योगधन्दा बन्द हुने घोषणा गरेका छन्।

एक सरकारी सूचनाका अनुसार अत्यावश्यक सामान उत्पादन गर्ने र निर्यात गर्ने कम्पनीबाहेक सबै उद्योग बन्द गर्न आग्रह गरिएको छ। ठाकेरेले घोषणामा भनेका छन्, ‘ज्यान रहे सबै रहन्छ।’

आर्थिक विशेषज्ञहरुले महाराष्ट्र सरकारको यो घोषणाले भारतभरको अर्थव्यवस्थामा नकारात्मक असर पर्ने बताएका छन्।
भारतको जीडीपीमा महाराष्ट्रको योगदान १५ प्रतिशत छ। महाराष्ट्रको राजधानी मुम्बईमा दैनिक मजदुरी गर्न बिहार तथा उत्तर प्रदेशमा लाखौँ मजदुर जाने गरेका छन्।

यो घोषणासँगै मजदुरहरु फेरि घर फर्किन थालेका छन्। उनीहरु त्यहाँको अनौपचारिक अर्थ व्यवस्थाका अटुट हिस्सा हुन्। महाराष्ट्रका सबैजसो कलकारखानामा काम गर्ने मजदुर उत्तर प्रदेश तथा बिहारकै हुने गरेका छन्।

प्रकाशित: Apr 14, 2021| 12:29 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।