बिहीबार, फागुन २८, २०८२

कोरोना कहरका बीचमा चीनको अर्थतन्त्रमा कसरी भयो वृद्धि ?

सन् २०२१ को पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा १८.३ प्रतिशतले वृद्धि भएको छ।
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

एजेन्सी- सन् २०२१ को पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा १८.३ प्रतिशतले वृद्धि भएको छ।

National life

सन् १९९२ पछि यो सबैभन्दा ठूलो चीनको जीडीपीमा आएको सबैभन्दा ठूलो उछाल हो। यद्यपि शुक्रबार जारी गरिएको तथ्यांक अपेक्षित भने होइन। अर्थशास्त्रीहरुका अनुसार चीनको अर्थतन्त्र यो वर्षको पहिलो त्रैमासिकमा १९ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो।

गत वर्ष अर्थतन्त्र ठूलो मात्रामा संकुचनपछि विश्लेषकले अर्थतन्त्र बलियो नहुने अनुमान गरेका थिए। सन् २०२० को पहिलो त्रैमासिकमा कोराना महामारीका कारण भएको देशव्यापी लकडाउनका कारण चीनको अर्थव्यवस्था ७.८ प्रतिशतमा खुम्चिएको थियो।

चीनको तथ्यांक विभागले जारी गरेको आँकडाअनुसार अर्थतन्त्र धेरै क्षेत्रमा बलियो देखिएको छ। यद्यपि असमान्यरुपमा बलियो देखिएका यी आँकडाको गत वर्षको कमजोर आँकडा जिम्मेवार रहेको अर्थशास्त्रीहरुले बताएका छन्।

एक वर्षभित्र मार्चमा औद्योगिक उत्पादन १४.१ प्रतिशले बढेको छ। खुद्रा बिक्रीमा ३४.२ प्रतिशतले वृद्धि भएको छ। अक्सफोर्ड इकोनोमिक्सका लूसी कुइस भन्छन्, ‘सुरुवाती दुई महिनाको कमजोरीपछि मार्चमा औद्योगिक उत्पादन, खपत र लगानी क्षेत्रमा वृद्धि भएको छ।’ 

Laxmi sunrise bank
kumari

केही क्षेत्रमा गिरावट

चीनको अर्थव्यवस्थाका लागि सबै समाचार शुभ भने छैनन्। इकोनोमिस्ट इन्टेलिजेन्स यूनिटका यू सूले चीनको अर्थव्यवस्थामा सुधार आइरहेको बताइन्। सुरुवाती आँकडाले सकारात्मक संकेत गरेको उनको भनाइ छ।
केही उत्पादन र निर्यातले लाभ दिन सक्ने भए पनि यी क्षेत्रको वृद्धि विस्तारै कम हुन सक्ने उनले बताइन्।

‘व्यापार र घरेलू औद्योगिक गतिविधी, घरेलू अर्थव्यवस्थालाई प्रोत्साहित गर्ने उपायमा कमीका कारण पुरै वर्ष आँकडा यही अवस्थामा नरहन सक्छ,’ उनले भनिन्। तर नयाँ आँकडाले सन् २०२० को अन्तिम त्रैमासिकमा ६.५ प्रतिशतको वृद्धिपछि आउने समयमा आर्थिक वृद्धि जारी रहने संकेत गरेको छ।

कसरी भयो वृद्धि

कोरोना भाइरसको संक्रमण रोक्न अपनाइएको कडा उपाय र व्यापारमा दिइएको आपातकालीन राहतले चीनको अर्थव्यवस्थालाई फाइदा पुगेको छ। यही कारण छोटो समयमा अर्थतन्त्रमा वृद्धि भएको हो। वर्षको सुरुवात खराब भए पनि चीन यस्तो एक ठूलो अर्थव्यवस्था हो, जुन सन् २०२० मा समेत वृद्धि भयो। यद्यपी विश्वको दोस्रो ठूलो अर्थव्यवस्थाको वृद्धिदर भने २.३ प्रतिशत मात्रै थियो। यो दशककै सबैभन्दा खराब परिणाम हो।

चीनले सन् २०२१ मा आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत राखेको छ। अर्थतन्त्रमा भएको वृद्धिको बावजुद कोरोनाको कालो छाया चीनको अर्थव्यवस्थामा कायमै छ। बीबीसी हिन्दीबाट 

प्रकाशित: Apr 16, 2021| 10:23 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।