बिहीबार, फागुन २८, २०८२

कोरोनाका कारण उत्तर प्रदेशका सबै स्कुल एक महिना बन्द

कोभिड–१९ को प्रकोप बढ्दै गएपछि भारतको उत्तर प्रदेशका शिक्षण संस्था अप्रिल ३० तारिखसम्मका लागि बन्द गरिने भएको छ।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं– कोभिड–१९ को प्रकोप बढ्दै गएपछि भारतको उत्तर प्रदेशका शिक्षण संस्था अप्रिल ३० तारिखसम्मका लागि बन्द गरिने भएको छ।

National life

कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै जोखिम कम गर्न विद्यालय बन्द गरिएको उत्तर प्रदेश सरकारलाई उधृत गर्दै बीबीसीले जनाएको छ।
भौतिक दूरी कायम राखेर परीक्षा भने सञ्चालन गरिने पनि समाचारमा उल्लेख छ। यस्तै पाँच सयभन्दा धेरै सक्रिय संक्रमित रहेका क्षेत्रमा रात्रिकालीन कर्फ्यु लगाइएको ह‍ो।

लखनउ, कानपुर, गोरखपुर, इलाहाबाद, गाजियाबाद लगायतका सहरमा यसअघि नै रात्रिकालीन कर्फ्यु लागू भइसकेको छ। यस्तै सार्वजनिक कार्यक्रममा ५० जनाभन्दा धेरै भेला हुन पनि रोक लगाइएको छ।

उत्तर प्रदेशमा १५ हजार चार सय जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या ६ लाख ९२ हजार पुगेको छ। भारतमा दैनिक डेढ लाखभन्दा धेरै संक्रमित देखिन थालेपछि विभिन्न प्रदेशमा लकडाउन र कर्फ्यु लगाउने क्रम बढेको छ।

प्रकाशित: Apr 12, 2021| 06:55 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।