बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा एकैदिन एक हजार ३४१ कोरोना संक्रमितको मृत्यु, विहारले डाक्यो सर्वदलीय बैठक

भारतमा एकैदिन एक हजार ३४१ कोरोना संक्रमितको मृत्यु, विहारले डाक्यो सर्वदलीय बैठक

भारतमा एकैदिन दुई लाख ३४ हजार कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ।
 |  शनिबार, वैशाख ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

नयाँ दिल्ली -  भारतमा एकैदिन दुई लाख ३४ हजार कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ।

National life

शनिबार बिहान संघीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार विगत २४ घण्टामा भारतमा दुई लाख ३४ हजार ६९२ जना कोरोना संक्रमित भेटिएका हुन्। 

यीमध्ये भारतको महाराष्ट्रका मात्रै २७.१५ प्रतिशत भएको मन्त्रालयले जानकारी दिएको छ। पाँच राज्यका नयाँ संक्रमितको हिस्सा पूरै भारतको ६० प्रतिशत भएको मन्त्रालयको तथ्यांकले देखाएको छ। 

२४ घण्टामा भारतमा एक हजार ३४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। महाराष्ट्रमा मात्र ३९८ संक्रमितको मृत्यु भएको छ भने दिल्लीमा १४१ जना संक्रमितको मृत्यु भएको छ। 

पछिल्लो तथ्यांकसहित भारतमा हालसम्म संक्रमित हुनेको संख्या एक करोड ४५ लाख २६ हजार ६०९ पुगेको छ। यीमध्ये एक करोड २६ लाख ७१ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने एक लाख ७५ हजार ६४९ जना संक्रमितको मृत्यु भएको छ। 

Laxmi sunrise bank
kumari

भारतमा अहिले १६ लाख ७९ हजार ७४० सक्रिय संक्रमित छन्। भारतमा हालसम्म ११ करोड ९९ लाख ३७ हजार ६४१ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ। 

कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि विहारका गभर्नर फागु चौहानले सर्वदलीय बैठक बोलाएका छन्। शनिबारका लागि तय भएको बैठकमा कोरोना भाइरसको संक्रमण न्युनीकरणका उपायबारे छलफल हुने बताइएको छ। 

बैठकमा विहारका मन्त्रीहरू, प्रतिपक्षी दलका नेताहरू र राज्यका उच्च अधिकारीहरू बैठकमा सहभागी हुनेछन्।  बैठकमा राज्य सरकारले कोरोना संक्रमण न्यूनीकरणबारे आफ्नो धारणा प्रस्तुत गर्ने र त्यसमा सुझाव लिइने बताइएको छ। 

नेपालको दक्षिणी सीमासँग जोडिएको भारतको राज्य भएकाले विहारले चाल्ने कदमले नेपाललाई प्रत्यक्ष असर गर्नेछ।

प्रकाशित: Apr 17, 2021| 05:07 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।