बिहीबार, फागुन २८, २०८२

पाकिस्तानमा बम विस्फोटबाट चारजनाको मृत्यु, ११ घाइते

पाकिस्तानको क्वेटा सहरस्थित एक होटलमा बम विस्फोट हुँदा चारजनाको मृत्यु भएको छ।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं – पाकिस्तानको क्वेटा सहरस्थित एक होटलमा बम विस्फोट हुँदा चारजनाको मृत्यु भएको छ। ११ जना घाइते भएका छन्।

National life

अन्तर्राष्ट्रिय  सञ्चारमाध्यमका अनुसार क्वेटा सहरको चर्चित होटल सेरेनाको पार्किङ क्षेत्रमा बम विस्फोट भएको  हो। 

उच्च ओहोदाका सरकारी अधिकारी आउजाउ गर्ने सेरेना होटल पाकिस्तानमा चर्चित छ। बम विस्फोट राति साढे १० बजे भएको थियो। घटनाको  जिम्मेवारी तहरिक–ए तालिबानले लिएको छ।

विस्फोटमा मृत्यु हुने होटलका म्यानेजर र एक प्रहरी हवल्दारसमेत छन्। बम विस्फोट कारबाट गराइएको  थियो।

पाकिस्तानका प्रान्तीय गृहमन्त्री जियाउल्लाह लंगोवले  घटनामा आफ्नै नागरिकहरू संलग्न भएको बताएका छन्। 

Laxmi sunrise bank
kumari

पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री फवाद चौधरीले घटनाबारे अध्ययनअनुसन्धान भइरहेको भन्दै सरकारले विस्फोटमा संलग्नलाई कारबाही गर्ने जनाएका छन्।

चिनियाँ राजदूत नोङ् रोङ पाकिस्तान भ्रमणमा रहेको मौका पारी विस्फोट गराइएको थियो। विस्फोटमा राजदूतलाई कुनै हानि नभएको जियाउल्लाहले बताएका छन्। चिनियाँ राजदूत क्वेटा सहरमा रहे पनि  होेटलमा भने थिएनन्। 

क्वेटा सहर बलुचिस्तान प्रान्तको राजधानी हो, जुन अफगानिस्तान नजिक पर्छ। बलुचिस्तानका ठूला परियोजनामा चीनले प्रशस्त लगानी गरेको छ। त्यसैको विरोधमा पृथकतावादीहरूले बम विस्फोट गराएको हुन सक्ने अनुमान गरिएको छ।

पाँचतारे होटल सेरेना सुविधासम्पन्न भएकाले पर्यटक र उच्च ओहदाका अधिकारीहरूको रोजाइमा पर्ने गरेको छ। डीडब्ल्यूबाट

प्रकाशित: Apr 22, 2021| 05:45 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।