बिहीबार, फागुन २८, २०८२

महाराष्ट्रमा दुई साता लकडाउन

भारतको महाराष्ट्र राज्य सरकारले लकडाउनको घोषणा गरेको छ। मुख्यमन्त्री उद्धव थाक्रेले मंगलबार एक भिडियो सन्देश जारी गर्दै दुई साताका लागि लकडाउन घोषणा गरिएको बताएका हुन्। 
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

मुम्बई- भारतको महाराष्ट्र राज्य सरकारले लकडाउनको घोषणा गरेको छ। मुख्यमन्त्री उद्धव थाक्रेले मंगलबार एक भिडियो सन्देश जारी गर्दै दुई साताका लागि लकडाउन घोषणा गरिएको बताएका हुन्। 

National life

कोरोना भाइरसलाई नियन्त्रणमा लिन विभिन्न उपाय अनपाइएपनि स्थिति नियन्त्रणमा नआएको भन्दै लकडाउनको घोषणा गरिएको हो। अप्रिल १४ को बिहान ७ बजेबाट लागू हुने लकडाउन मे १ सम्म जारी हुने उनले बताएका छन्। 

कोरोना भाइरसको असहज परिस्थिति हुँदाहुँदै पनि सरकारले निरन्तर रूपमा स्वास्थ्य सेवा प्रवाह गर्ने पूर्वाधार अपग्रेड गरिरहेको भिडियो सन्देशमा थाक्रेले उल्लेख गरेका छन्। तैपनि विभिन्न अभाव रहेको समेत उल्लेख गरिएको छ। 'मेडिकल अक्सिजन, अस्पतालका शय्या र रेम्देसिभिरको माग बढेको छ,' भिडियो सन्देशमा भनिएको छ। 

लकडाउनको समयमा पनि आपत्कालीन सेवा भने बिहान ७ देखि राति ८ बजेसम्म खुल्ला रहने बताइएको छ। 

प्रकाशित: Apr 13, 2021| 16:38 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।