बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • टिकटकले लाखौं युरोपेली बालबालिकाको व्यक्तिगत  विवरण  संकलन गरेको आरोप

टिकटकले लाखौं युरोपेली बालबालिकाको व्यक्तिगत  विवरण  संकलन गरेको आरोप

टिकटकमाथि लाखौं युरोपेली बालबालिकाको व्यक्तिगत विवरण संकलन गरेको आरोप लागेको छ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

टिकटकमाथि लाखौं युरोपेली बालबालिकाको व्यक्तिगत विवरण संकलन गरेको आरोप लागेको छ।

National life

बेलायतका लागि बाल आयुक्त एनी लङ्फिल्डले आफ्नो फाइदाका लागि टिकटकले लाखौं व्यक्तिगत निजी विरणहरु संकलन गरेको बताएकी हुन्।

‘फोन नम्बर, सम्पर्क ठेगाना र व्यक्तिगत भिडियोजस्ता कुराहरु अवैधानिक रुपमा संकलन भइरहेको छ भन्ने जानकारी बालबालिका र अभिभावकलाई हुनु जरुरी छ,’ लङ्फिल्डले भनेकी छन्।

सन् २०१८ मे २५ देखि  टिकटक प्रयोग गरेका बालबालिकाको निजी कुराहरु टिकटकले अवैधानिक संकलन गरिरहेको उनले आरोप लगाएकी छन्।

टिकटकका एक अधिकारीले आफ्ना ग्राहकको गोपनियता र  सुरक्षा प्रमुख दायित्व भएको बताउँदै कम्पनीले सबै टिकटक प्रयोगकर्ताको सुरक्षाको लागि विषेश रणनीति बनाइएको बताएका छन्।

Laxmi sunrise bank
kumari

लिङ्फिल्डले टिकटकलाई लगाएको आरोप पुष्टि भएमा टिकटकलाई लण्डन उच्च अदालतले लाखौं  पाउन्ड क्षतिपूर्ति दिन निर्देशन दिनसक्ने बताइएको छ।

बालबालिका र  युवा पुस्तामा निकै लोकप्रिय एप्लिकेसन टिकटकका युरोपमा मात्रै करिब १० करोड प्रयोगकर्ता रहेका छन्। गत वर्ष अमेरिकाका पूर्व राष्ट्रपटि डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै टिकटक अमेरिकामा बन्द गराएका थिए।


 

प्रकाशित: Apr 21, 2021| 10:54 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।