आइतबार, वैशाख २७, २०८३

पाकिस्तानमा फेसबुकलगायत सामाजिक सञ्जानलमाथि बन्देज

पाकिस्तान सरकारले शुक्रबारबाट फेसबुक, ट्वीटर, वाट्सएप, युट्युव र टेलिग्राममाथि अस्थायी रुपमा बन्देज लगाउन पाकिस्तानको टेलिकम अथोरिटिलाई आदेश दिएको हो।
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

काठमाडौं - पाकिस्तानमा सामाजिक सञ्जालमाथि बन्देज लगाइएको छ। पाकिस्तान सरकारले शुक्रबारबाट फेसबुक, ट्वीटर, वाट्सएप, युट्युव र टेलिग्राममाथि अस्थायी रुपमा बन्देज लगाउन पाकिस्तानको टेलिकम अथोरिटिलाई आदेश दिएको हो।

National life

शुक्रबार दिएको आदेशमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरिए पनि किन गरिएको भन्ने बारे खुलाइएको छैन।

पछिल्लो ससमय पाकिस्तानमा तहरिक ए–लब्बैक पाकिस्तान समूहले प्रदर्श गरिरहेको छ। यो प्रदर्शनलाई निस्तेज पार्न सामाजिक सञ्जाल बद गरिएको विज्ञहरूले विश्लेषण गरेका छन्।

सामाजिक सञ्जालमाचथि  प्रतिबन्ध लगाउनु भन्दा पहिले नै पाकिस्तान सरकारले तहरिक ए–लब्बैकका गतिविधि प्रदर्शनमा रोक लगाएको थियो।

पाकिस्तानका टेलिका अथोरिटी प्रमुखले सरकारको आदेशअनुसार सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको बताएका छन्।

पाकिस्तानमा  फ्रान्सविरुद्ध विभिन्न धार्मिक संगठनहरूले प्रदर्शन गरिहेका छन्। जसमा तहरिक ए–लब्बैकसमेतको सहभागिता रहेको छ। फ्रन्सुमा  पैगम्बर समूहसम्मलको कार्टुन बनाई मजाक उडाइएको भन्दै पाकिस्तानका धार्मिक ससंस्थाहरूले फ्रान्सविरुद्ध नाराबाजी गरिरहेका छन्।  

 आफूविरुद्ध प्रदर्शन चर्किएपछि फ्रान्सले आफ्ना नागरिकलाई तत्काल पाकिस्तान छाड्न आदेश दिएको छ।

प्रकाशित: Apr 16, 2021| 08:43 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।