बिहीबार, फागुन २८, २०८२

भारतमा दैनिक दुई लाखभन्दा बढी संक्रमित

पछिल्लो २४ घण्टामा भारतमा दुई लाख १७ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

नयाँदिल्ली - पछिल्लो २४ घण्टामा भारतमा दुई लाख १७ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

National life

पछिल्लो २४ घण्टामा दुई लाख १७ हजार ३५३ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएको भारतको संघीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

भारतमा पछिल्ला दुई दिनयता लगातार दुई लाखभन्दा बढी संक्रमित भेटिएको पुष्टि भएको छ। बिहीबार मन्त्रालयले दिएको जानकारी अनुसार दुई लाख १६ हजारभन्दा बढी संक्रमित भेटिएका थिए। 

भारतमा २४ घण्टायता एक हजार १८५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयलाई उद्धृत गर्दै एसियन न्युज इन्टरनेसनल (एएनआई)ले उल्लेख गरेको छ। 

Laxmi sunrise bank
kumari

यस्तै २४ घण्टामा भारतमा एक लाख १८ हजार ३०२ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

पछिल्लो तथ्यांकसँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार ९१७ पुगेको छ। यीमध्ये एक करोड २५ लाख ४७ हजार ८६६ जना भने संक्रमणुक्त भइसकेका छन्।

हाल १५ लाख ६९ हजार ७४३ जना सक्रिय संक्रमित छन्। भारतमा हालसम्म एक लाख ७४ हजार ३०८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। 

भारत सरकारले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउने कामलाई तीव्रता दिए पनि यसले अपेक्षाकृतरूपमा संक्रमण रोक्न सकेको छैन। भारतमा हालसम्म ११ करोड ७२ लाख २३ हजार ५०९ जनालाई भ्याक्सिन लगाइएको मन्त्रालयले उल्लेख गरेको छ।

प्रकाशित: Apr 16, 2021| 05:03 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।