अंगीकृत नागरिकतासम्बन्धी नेकपाले गरेको निर्णयले लैङ्गिक हिंसा, विभेद, अन्याय र असमानता बढाउने भन्दै कांग्रेस र जनता समाजवादी पार्टीले वर्तमान प्रावधान नै कायम राख्नुपर्ने अडान दोहोर्याएका छन्।
नेपाल शिक्षक संघले कोरोना भाइरस महामारीको भय र स्वास्थ्य असुरक्षाका बीचमा विद्यालयमा पठनपाठन थाल्न गरिएका निर्देशनहरु स्वास्थ्य सुरक्षा र संक्रमण रोकथामका दृष्टिले उपयुक्त नभएको निष्कर्ष निकालेको छ।
गलत दरबन्दी चार्ट तयार गरी तलब निकास मागेर आर्थिक अनियमितता गरेको अभियोगमा तत्कालीन जिल्ला हुलाक कार्यालय दैलेखका हुलाक अधिकृत अमरबहादुर मल्लसहित आठ जनाविरुद्ध मुद्दा दायर भएको छ।
एजेन्सी– इंग्लिस क्लब लिभरपुलका खेलाडी ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले प्रशिक्षक योर्गेन क्लोप क्लबका लागि सधै विषेश रहने बताएका छन्। ३० वर्षपछि उपाधिको होडमा पुर्याएको भन्दै उनले क्लोप विषेश रहने बताएका हुन्।
डोटीमा सामुदायिक वनको काठ हिनामिना गरेको अभियोगमा एक प्रहरी निरीक्षक र वनका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सन्जिवकुमार ढुंगेललाई टेबलटेनिस प्रशिक्षक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। यो राखेप अन्तर्गतको अधिकृत तृतीयतर्फको जिम्मेवारी हो।