सोमबार, असार २९, २०८३

टेबलटेनिसको मुख्य प्रशिक्षकमा ढुंगेल

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सन्जिवकुमार ढुंगेललाई टेबलटेनिस प्रशिक्षक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। यो राखेप अन्तर्गतको अधिकृत तृतीयतर्फको जिम्मेवारी हो।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सन्जिवकुमार ढुंगेललाई टेबलटेनिस प्रशिक्षक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। यो राखेप अन्तर्गतको अधिकृत तृतीयतर्फको जिम्मेवारी हो।

यसअघिका मुख्य प्रशिक्षक विनोद शाक्य ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि ढुंगेललाई जिम्मेवारी दिइएको राखेले जनाएका छ

४९ वर्षीय ढुंगेल २०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका थिए। उनी २०६४ सालमा प्रशिक्षकमा बढुवा भए।

गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ढुंगेल नेपाली टोलीका प्रशिक्षक मध्येका एक हुन्। १३ औं सागमा नेपालले १ रजत ४ कांश्य पदक जितेको थियो।

ढुंगेलले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताउँदै टेबलटेनिस खेलको विकास र विस्तारमा समर्पित रहने प्रतिबद्धता जनाएका छन्।

अखिल नेपाल टेबलटेनिस संघले ढुंगेललाई मुख्य प्रशिक्षकमा नियुक्त भएको बधाइ दिँदै कार्यकाल पूर्ण सफलताका लागि कामना गरेको छ।

प्रकाशित: Jun 21, 2020| 14:32 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।