मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अस्ट्रेलियाको उच्चस्तरीय बेबि ब्रान्ड ड्रिमबेबी नेपालमा

अस्ट्रेलियाको उच्चस्तरीय बेबि ब्रान्ड ड्रिमबेबी नेपालमा

 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

बच्चाहरुको सुरक्षाका निम्ति प्रयोग हुने अन्तर्राष्ट्रिय ब्रान्ड ड्रिमबेबीका उत्पादन नेपाली बजारमा पनि आएको छ । 

यी उत्पादन आइएमएस गु्रप अन्तर्गत आईएमएस लिटल स्माइल्स कम्पनीले भित्र्याएको छ । संसारभरि सयौं देशहरूमा फैलिएको, ड्रिमबेबीका सामानहरू अब नेपालमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । ड्रिम बेबीका सामानहरू विशेष रूपमा बच्चाहरुको हेरचाह र सुरक्षालाई मध्यनजर गरी डिजाइन गरिएका गेट, छेक्सनी, पोटी तालिमका सामान र खुवाउने रहेको कम्पनीले जनाएको छ ।

ड्रीमबेबीका सामानहरू आईएमएस लिटल स्माइल्सको शोरूम, सिटी सेन्टर, कमलपोखरीमा उपलब्ध हुने र अनलाइन डेलिभरीको लागि अनलाइन मेगास्टोर स्मार्टडोकोमा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । इन्ट्रोडक्टरी अफरको रूपमा ड्रीमबेबीका सामानहरूमा १० प्रतिशत छुट दिइने जनाइएको छ । अफर असार २१ गते सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।

आइएमएस गु्रप अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले नेपालमा अर्को अन्तर्राष्ट्रिय ब्रान्ड ड्रीम बेबीको वितरक प्राप्त गर्न पाउँदा हामी अत्यन्तै हर्षित बनाएको बताए । 

प्रकाशित: Jun 21, 2020| 14:38 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्